कोरोनाविरुद्धको खोपमा चीनलाई सफलता, डब्ल्युएचओबाट पायो पहिलो 'अनुमति'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2020 | 10:23:13 PM मा प्रकाशित

laxmi  sunrise bank

तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको भ्याक्सिनलाई आम नागरिकमा लगाउन चीनले अनुमति प्राप्त गरेको छ। सिनोभयाक बायोटेकले उत्पादन कोभिड १९ बिरुद्धको खोप उच्च जोखिममा रहेका शिक्षक, स्वास्थ्यकर्मी र लक्षण देखिएकाहरुमा आपतकालीन अवस्थामा प्रयोग गर्नलाई चीनले अनुमती प्राप्त गरेको समाचार एजेन्सी रियुटर्सले जनाएको छ। 

विश्व स्वास्थ्य संगठनले कोभिड १९ बिरुद्धको बनिरहेका विश्वका कुनै पनि औषधिलाई आपतकालिन प्रयोगका लागि अहिलेसम्म  अनुमति दिएको छैन। तर  परिक्षणको अन्तिम चरणमा रहेका चीनका बिभिन्न ९ कम्पनीहरुले उत्पादन गरेका कोभिड १९ बिरुद्धको खोपलाई प्रयोग गर्न डब्ल्युएचओबाट अनुमती प्राप्त गरेको समाचारमा उल्लेख छ। 

यससँगै चीनले डब्ल्युएचओबाट आपतकालीनरुपमा सर्वसाधारणमामा अब भ्याक्सिन दिनका लागि अनुमति प्राप्त गर्ने देशको सूचीमा सबैभन्दा अगाडि आफूलाई सावित गरेको छ।

चीनले कोभिड १९ बिरुद्ध क्लिनिकल परिक्षणका लागि ११ वटा खोप बनाईसकेको छ भने ३ वटा खोप परिक्षणको तेस्रो चरणमा छन्। त्यस्तै अहिलेसम्म ३८ वटा खोप मानिसहरुमा परिक्षण गरिएको छ। जसमध्ये ९ वटा खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्नलाई डब्ल्युएचओले अनुमती प्रदान गरेको छ।   

चीनले जुलाइ महिनामा आपतकालीनरुपमा भ्याक्सिन प्रयोग गर्न अनुमति दिएको थियो । चिनियाँ नेशनल हेल्थ कमिसनका अधिकारी झेङ्ग झोङ्गवेइले डब्ल्युएचओले कोरोना भ्याक्सिनका बारेमा हालै जानकारी गराएको बताएका छन् । चीनले यसअघि नै आपतकालीनरुपमा लाखौँ व्यक्तिलाई कोरोनाविरुद्धको भ्याक्सिन दिन सुरु गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved