कोरोनाको खोप पाउन मेक्सिकोद्वारा १९ अर्ब लगानी, के गर्दैछ नेपाल ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 11:03:14 AM मा प्रकाशित

laxmi  sunrise bank

मेक्सिकोको सरकारले कोभिड १९ को खोपमा सुरक्षित पहुँचका लागि करिब १९ अर्ब रुपैयाँ बराबरको भुक्तानी गरेको छ। कम्जोर आर्थिक अवस्था भएका देशहरुमा समेत कोभिड १९ को खोप पुर्याउन सकियोस भन्ने उदेश्यले विश्व स्वास्थ्य संगठन समर्थित कोभाक्स योजनामा मेक्सिले उक्त रकम भुक्तानी गरेको हो। 

कोभिड १९ 'ग्लोबल एक्सेस फ्यासिलिटी' (कोभाक्स) विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले थालेको एक अभियान हो। यस अन्तर्गत विश्वभरका बिभिन्न देशहरुले कोभिड १९ बिरुद्धको खोप निर्माणका लागि बिभिन्न परिक्षणहरु गरिरहेका छन्। 

खोप निर्माणका लागि गरिएको उक्त भुक्तानीले मेक्सिकोका करिब १२ करोड ५० लाख नागरिकहरुमा पर्याप्त खोप उपलब्ध हुने मेक्सिकोको विदेश मन्त्रालयले अपेक्षा गरेको छ। 

मेक्सिको सरकारले यस बिषयमा एक महिना अगाडी सम्झौता गरेको छ। अहिलेसम्म यस अभियानमा चीनले सबै भन्दा धेरै २ खर्ब भन्दा बढी  भुक्तानी गरेको छ। यसमा जापान, युरोपियन युनियन, बेलायत लगायत विश्वका १५० देशहरुले सहभागिता जनाउने प्रतिबद्धता जनाएपनि रुसले अहिलेसम्म केहि बोलेको छैन भने अमेरिकाले सहभागिता नजनाउने घोषणा नै गरिसकेको छ। 

डब्लुएचओ को यस अभियान अन्तर्गत कोभिड बिरुद्ध ३ वटा खोप निर्माण गर्ने लक्ष्य रहेको छ। खोप निर्माण गरि एक बर्ष भित्र विश्वभर २ अर्ब खोप वितरण गर्ने डब्लुएचओ को लक्ष्य छ। 

नेपाल जस्ता देशहरुले कोभिड १९ बिरुद्धको खोपका लागि मोटो रकम लगानी गर्न नसक्ने भएकाले यस अभियान अन्तर्गत आर्थिक रुपमा कम्जोर देशहरुमा खोप वितरण गर्ने डब्लुएचओका प्रतिनिधिहरुले सार्वजनिक रुपमै बताउंदै आएका छन्। 

नाम नचलेको तर विगत केही वर्ष देखि औषधि व्यवस्था विभागमा औषधिको थोक विक्रेताका रूपमा सूचिकृत रहेको ट्रिनिटी फर्मास्युटीकलले रुसले निर्माण गरिरहेको स्पुत्निक खोप नेपाल ल्याउने सम्झौता गरेको छ। रुसको सार्वभौम सम्पत्ति कोष अन्तर्गतको रुसी प्रत्यक्ष लगानी कोष आरडीआईफ ले जारी गरेको एक बिज्ञप्तीमा नेपालको एउटा निजी कम्पनी ट्रिनिटी फर्मास्युटिकल्ससँग अढाइ करोड रुसी खोप आपूर्ति गर्ने सहमति गरेको उल्लेख गरिएको छ। 

तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाभाइरस सङ्क्रमण सम्बन्धी नियमित प्रेस ब्रिफिङमा खोप बनिसकेपछि नेपाल सरकारले आफ्नै पहलकदमीमा नेपालमा खोप उपलब्ध गराउने बताएका छन्। कुनै निजी कम्पनीले बाहिर सम्झौता गरेको भन्ने हल्लाहरू आएपनि यसको पछि नपर्नलाई उनले अनुरोध समेत गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved