युरोप अमेरिका भन्दा नेपाल लगायतका एशियाली देशमा कोरोनाको प्रभाव कम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2020 | 07:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोप अमेरिका र एशियाली राष्ट्रहरुमा कोरोनाको फरक फरक रुप देखिएको छ। चीनको वुहानबाट फैलिएको कोरोनाले १० महिनाको अवधिमा विश्वभर फरक फरक रुप देखाएको छ। 

कोरोना संक्रमण बढेपछि अमेरिका र युरोप फेरी लकडाउन तर्फ फर्किने अवस्थामा पुगेका छन् भने एशियाली राष्ट्रहरु भने अवस्था सामान्य बन्दै गईरहेको एक अध्ययनले देखाएको छ। 

कोरोना भाइरसको संक्रमण बढ्दै गर्दा एकातर्फ अमेरिका र युरोपियन मुलुकहरुका बिभिन्न ठाउँहरु लकडाउन हुने अवस्थामा पुगेका छन् भने अस्पताल तथा सार्वजनिक स्थलहरुमा भौतिक दुरी कार्यन्वयनमा कडाई गरिएको छ। अर्कोतर्फ एशियाली राष्ट्रहरुमा भने अवस्था सामान्य बन्दै गईरहेको छ। कोरोनाको केन्द्रबिन्दु चीन होस् वा जापान, भारत होस्, यी देशहरु पुरानै जिन्दगीमा फर्कन थालेका छन्। कतिपय एशियाली देशहरुमा कम दुरीका साथ बिभिन्न सांगीतिक कार्यक्रम समेत हुन् थालेका छन् भने होटल रेस्टुरेन्ट समेत संचालनमा आएका छन्। 

दक्षिण कोरिया, चीन र जापानमा जीवन सामान्य अवस्थामा फर्किएको छ भने युरोप अमेरिका कोरोनाको कारण नयाँ नयाँ समस्यामा फस्दै गएका छन्। चीन, जापान, दक्षिण कोरिया, सिंगापुर र हंगकंगमा भदौ यता एक दिनमा १००० भन्दा कम संक्रमित भएका छन् भने अमेरिकामा मात्रै एकै दिन  ५६ हजारमा कोरोना पुष्टि भएको छ। 

युरोपको जुन जुन ठाउँमा यस अगाडी कोरोनाले सताएको थियो ति ठाउँहरु अहिले फेरी दोस्रो पटक कोरोनाको भयावह अवस्थालाई सामना गर्न बाध्य छन। युरोपमा एकै दिन ८८ हजारमा कोरोना पुष्टि भएको छ। यो संख्या पहिलो पटक कोरोना देखिँदाको भन्दा धेरै रहेको द वाल स्ट्रिट जर्नलको रिपोर्टमा उल्लेख छ। 

विश्वको एक तिहाई जनसख्या पूर्वी एशिया र दक्षिण पूर्वी एशियामा छन् तर कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या हेर्ने हो भने युरोप र अमेरिकाको हिस्सा झन्डै आधा छ। अहिलेसम्म ११ लाखले कोरोनाका कारण ज्यान गुमाएका छन्। त्यसो त विश्व स्वास्थ्य संगठनले जुनै कारणले मृत्यु भएपनि उसमा कोरोना पोजेटिभ पाइएमामा मृत्यु कोरोनाकै कारण भएको मान्नुपर्ने निर्देशन दिएको छ। जस कारण कोरोनाबाट मृत्यु हुनेको संख्या धेरै देखिएको हो। 

ब्राउन विश्वविद्यालयका जनस्वास्थ्य तर्फका प्रोफेसर आशिष झाका अनुसार भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सके ९५ प्रतिशत जिन्दगि फिर्ता पाउन सकिन्छ। 

अमेरिका र युरोपमा कोरोनामाथि नियन्त्रण पाएझैँ गरि व्यवहार भयो र त्यहाँ दैनिकी तुलनात्मक रुपमा सामान्य रह्यो तर एशियाली राष्ट्रहरुमा जीवन बचाउन कोरोनाबाट बच्नुपर्ने सबै प्रकारका मापदण्ड अपनाइयो। एशियाली मुलुकहरुलाई कडाईका साथ लकडाउन गरियो भने मानिसहरुले आफ्नो जीवन बचाउन भौतिक दुरी कायम गरेर, भीडभांड नबनाएर, सार्वजनिक यातायात बन्द गरेर सरकारलाई साथ दिए।  

जब युरोप र अमेरिकामा कोरोनालाई सामान्य भाइरसको रुपमा लिइयो त्यहि बेला एशियाली मुलुकहरुमा यसलाई ज्यानै लिने रोगको रुपमा लिइयो। जसले गर्दा एशियाली राष्ट्रहरुले आफ्ना मुख्य मुख्य शहरहरुमा लामो समय लकडाउन गरे। 

एशियाली राष्ट्रहरुले कोरोनाबाट बच्नलाई अपनाएका मोडलकै कारण आज यी देशहरु पुरानै अवस्था तर्फ फर्किनेक्रममा छन् भने अमेरिका तथा युरोपियन मुलुकहरु फेरी दोस्रो पटक लकडाउन गर्नुपर्ने अवस्थामा पुगेका छन्। 

एक जनाको कारण अर्कोको स्वास्थ्यमा असर पर्छ भन्ने मान्यतालाई एशियाली राष्ट्रका मान्छेहरुले पालना गरे। यहि कारण युरोप अमेरिकाका मानिसहरु जब कोरोना भाइरस केहि होइन भनेर सडकमा हिडिरहेका थिए। त्यो बेला नेपाल लगायतका एशियाली मुलुकहरुमा सार्वजनिक स्थान वा भिडमा मात्रै होइन कार्यलयमा समेत अनिवार्य रुपमा मास्क लगाए। 

एशियाली राष्ट्रहरुले कोरोनाको असरलाई न्यूनीकरण राख्न मात्र नभई वित्तीय अवस्थालाई समेत सन्तुलनमै राख्न सफल भएका छन्। अन्तराष्ट्रिय मुद्रा कोषले सन् २०२० मा चीनको आर्थिक वृद्धिदर करिब २ प्रतिशतले हुने प्रक्षेपण गरेको छ। तर अमेरिकाको आर्थिक वृद्धि दर ४।३ प्रतिशत र युरोजोनको आर्थिक वृद्धिदर ८।५ प्रतिशतले घट्ने आइएमएफको प्रक्षेपण छ। 

अर्कोतर्फ एशियाली राष्ट्रहरुमा प्रत्येक दिन कोरोना संक्रमितको संख्या घट्दोदरमा छ भने युरोप अमेरिकामा बढ्दो क्रममा रहेको छ। कात्तिक ९ गतेसम्मको तथ्यांकअनुसार विश्वभर ४ करोड ३० लाख ३७ हजार २९५ जना कोरोना संक्रमित भएका छन् भने ११ लाख ५६ हजार ९९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। त्यस्तै ३ करोड १७ लाख ३१ हजार ५९५ जना कोरोना लागेर पनि निको भएका छन्। 

त्यस्तै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३३३६ जना डिस्चार्ज भएका छन् । निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved