कोरोना संक्रमण बढेपछि स्पेनमा दोश्रो चरणको लकडाउन घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2020 | 12:37:42 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनमा कोरोनाको बढ्दो संक्रमणलाई लिएर दोस्रो चरणको लकडाउन भएको छ। स्पेनका प्रधानमन्त्री  पेड्रो सांचेज ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि दोस्रो चरणको लकडाउन गरिएको घोषणा गरेका हुन्। 

स्पेनका प्रधानमन्त्री पेड्रो सांचेजले आज आइतबार लकडाउन घोषणा गर्दै रातीमा कर्फ्यु तथा स्पेनका बिभिन्न क्षेत्रमा यात्रामा समेत प्रतिबन्ध लगाएका छन्।  ६ जना भन्दा बढी समुहमा हिड्न नपाइने, भिडभाड गर्न नपाइने लगायतका प्रतिबन्ध आज आइतबार बेलुकादेखि स्पेनमा लागू हुनेछ। 

आफुहरु फेरी एक पटक कोरोनाको महामारीको चपेटामा परेको घोषणा गर्दै प्रधानमन्त्री  पेड्रो सांचेजले यस शताब्दिमै गम्भीर स्वास्थ्य संकटको सामना गर्नुपरेको  मन्त्रिपरिषद्को बैठकबारे संचारमाध्यमहरुसँग बोल्ने क्रममा जानकारी दिएका हुन्। 

अन्य युरोपियन मुलूकहरु मध्ये स्पेनले हालै मात्र यसप्रकारले लकडाउन गरेको हो । युरोपिएन मुलुकहरुमा कोरोना संक्रमण बढ्दै जाँदा स्पेनको पश्चिमी युरोपमा धेरै संक्रमित पाइएका छन्। शुक्रबार मात्रै कुल आँकडा बढेर शुक्रबार मात्रै स्पेनमा १० लाख ५६ हजारमा कोरोना पुष्टि भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved