कतार लगायतका अरब राष्ट्रहरुमा फ्रान्सेली सामान बहिष्कार अभियान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2020 | 03:13:31 PM मा प्रकाशित

laxmi  sunrise bank

पैगम्बर मोहम्मदको कार्टुन देखाएका फ्रान्सका एक शिक्षकको हत्यापछि राष्ट्रपती इमानुएल मैक्रानले दिएको प्रतिकृयाले कयौं मुस्लिम देशहरुले फ्रान्ससँग असन्तुष्टि जनाएका छन्। 

राष्ट्रपती मैक्रानले आफ्नो सम्बोधनमा कट्टरपन्थी इस्लामको आलोचना गरेका थिए भने शिक्षकको हत्यालाई इस्लामिक आतंकवादी आक्रमणको संज्ञा दिएका थिए। फ्रान्सका राष्ट्रपतिको यस प्रकारको सम्बोधन पश्चात कयौं मुस्लिम देशहरुले फ्रान्सका सामानहरु बहिष्कार गर्न सुरु गरेका छन। 

कुवेत, जोडन र कतारका केहि पसलमा फ्रान्सका सामान हटाइएका छन् भने लिबिया, सिरिया र प्यालेस्टाइनको गाँजामा फ्रान्सको विरोधमा प्रदशन भएको छ। बहिष्कारको कुरा अल्प संख्यकको रुपमा रहेका मुस्लिम समुदायको एउटा सानो कट्टरपन्थी समुहले गरेको फ्रान्सको विदेश मन्त्रालयको दाबि छ। 

यो विरोध पैगम्बर मोहम्मदको विवादित कार्टुन कक्षाकोठामा देखाएका एक शिक्षकको हत्या पश्चात राष्ट्रपति मैक्रानको प्रतिकृयालाई लिएर भएको हो। मैक्रानले कुनै एउटा समुदायको भावनाका कारण बोल्न पाउने स्वतन्त्रतामाथि लगाम लगाउन नसकिने अभिव्यक्ति दिंदै आएका छन्।  फ्रान्सका राष्ट्रपति मैक्रानले धर्मनिरेपक्ष फ्रान्सको एकतालाई यो घटनाले कमजोर बनाइदिने चिन्ता व्यक्त गरेका छन्। 

राष्ट्रपति मैक्रानले यस महिनाको सुरुवातमा शिक्षकको हत्या भन्दा पहिले नै फ्रान्समा इस्लाम धर्मावलम्बीलाई नियन्त्रणमा राख्न एक कडा कानुन बनाउने घोषणा गरेका थिए। उनले फ्रान्सका ६० लाख मुस्लिम समुदाय समाजको मुख्यधाराबाट बाहिरिने अभिव्यक्ति व्यक्त गर्दै इस्लामलाई संकटमा रहेको धर्म भनेका थिए। 

मैक्रानको उक्त घोषणा र पछिल्लो अभिव्यक्तिले उनको विश्वभर आलोचना हुन् थालेको छ। टर्की र पाकिस्तानले मैक्रानमाथि आस्थाको स्वतन्त्रताको सम्मान गर्न नसकेको आरोप लगाएका छन्। 

आइतबार मात्रै टर्कीका राष्ट्रपति रेसेप तईप एर्दोगानले फ्रान्सका राष्ट्रपति इमैनुएल मैक्रॉनमाथि मानसिक सन्तुलन गुमाएको आरोप लगाएका थिए। त्यस्तै एर्दोगानले राष्ट्रपति मैक्रानलाई मानसिक परिक्षण गर्नलाई समेत सुझाव दिएका थिए। 

फ्रान्सका सामान बहिष्कारको असर 

आइतबार जोडन, कतार र कुवेत लगायतका मुस्लिम बाहुल्य राष्ट्रहरुले सुपर मार्केट तथा मार्टहरुमा फ्रान्सका समानहरु हटाईसकेका छन्। फ्रान्समा बनेको हेयर आर ब्युटी प्रोडक्ट विरोध गर्ने देशको मार्टमा उपलब्ध हुन् छाडेका छन। 

कुवेतको एक ठुलो खुद्रा सामानको युनियनले फ्रान्सका सामानहरु बहिष्कार गर्नलाई निर्देशन दिएको छ।  उपभोक्ता सहकारी समितिका गैर सरकारी संघले पैगम्बर मोहम्मदलाई पटक पटक अपमान गर्ने फ्रान्सलाई जवाफ दिनुपर्ने भन्दै फ्रान्सका सामान बहिष्कार गर्न निर्देशन दिएको छ। 

साउदी अरबमा पनि सामाजिक संजाल मार्फत फ्रान्सका सामानहरु बहिष्कारको अभियान थालिएको छ। अरब मुलुकहरुमा सबै भन्दा ठुलो अर्थ व्यवस्था रहेको साउदी अरबमा फ्रान्सका सुपरमार्क्त चेन कैरेफोरलाई बहिष्कार गर्नुपर्ने माग हैस ट्यागको दोस्रो स्थानमा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved