अमेरिका र भारतबीच महत्त्वपूर्ण सैन्य सम्झौता, चीनबिरुद्ध मिलेर लड्ने घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2020 | 08:15:42 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले चीनबिरुद्दको लडाईमा आफुहरु संधै भारतको साथमा रहेको घोषणा गरेको छ। भारत भ्रमणमा रहेका अमेरिकाका रक्षा तथा विदेशी मन्त्री सहितको टोलिले भारतसंगको बेका सम्झौता पश्चात यस्तो घोषणा गरेका हुन्। 

अमेरिकाका रक्षामन्त्री मार्क एस्पर र विदेशी मन्त्री माइक पोम्पियो तथा भारतका रक्षामन्त्री राजनाथ सिंह र विदेशी मन्त्रि एस जयशंकरबीच आज मंगलबार कात्तिक ११ भएको दुई प्लस दुई छलफल पश्चात दुइ देशविच बेका सहित कयौं सम्झौतामा हस्ताक्षर भएका छन्।  

सम्झौताअनुसार दुवै देश एक दोस्रोसँग अत्याधुनिक सैन्य प्रविधी, सरसामान र भू स्थानिक मानचित्र संयुक्त रुपमा प्रयोग गर्नेछन। बेका सम्झौतामा भारतको तर्फबाट एडीशनल सेक्रेटरी जिवेश नन्दनले हस्ताक्षर गरेका छन्। 

बैठक पश्चात अमेरिकाका रक्षामन्त्री एस्परले दुई देशबीच रक्षा सम्बन्धि भएको सम्झौता दुवै देशको हितमा भएको बताएका छन्। उनले सबैका लागि खुला र स्वतन्त्र इन्डो प्यासिफिक क्षेत्र बनाउनका लागि काँधमा काँध मिलाएर भारतको साथमा अमेरिका रहेको विश्वास दिलाए। विशेषगरि चीनको बढ्दो आक्रमकता र अस्थिर गर्ने नीतिप्रति अमेरिकाका रक्षामन्त्रीको भनाई केन्द्रित थियो। 

अमेरिकाका विदेश मन्त्रीले भारत र अमेरिकाबीच स्वास्थ्यको क्षेत्रमा भएको नयाँ सन्धिको घोषणा गरे। यस घोषणामा पनि अमेरिकाका विदेशी मन्त्रीले चीनलाई निशाना बनाउदै भारतसँगको सहयोग बढाउने प्रतिबद्धता जनाए। 

चीनको कम्युनिष्ट पार्टी लोकतन्त्र, कानुनी नियम, अर्को देशसँग स्पष्ट नीति, ब्यापार स्वतन्त्रता, लगानीको स्वतन्त्रतालाई लिएर उदार नभएको आरोप लगाए। दुवै देशका प्रतिनिधिहरुबीच भएको संयुक्त सम्बोधन कार्यक्रममा अमेरिकाले खुलेर चीनको बिरोध गरेपनि भारतका प्रतिनिधिले चीनको नाम उच्चारण गरेनन। 

भारतीय सेना प्रमुखको नेपाल भ्रमण मिति तय, के के छन् एजेन्डा ?

के हो बेका सम्झौता 

आधारभूत विनिमय र सहयोग सम्झौता 'बेसिक एक्सचेन्ज एण्ड कर्पोरेशन एग्रिमेन्ट' (Basic Exchange and Cooperation Agreement, BECA) बेका भारत र अमेरिकाबीच हुने चार मुलभूत मध्येको अन्तिम सम्झौता हो। यसले दुवै देशलाई लजिस्टिक र सैन्य सहयोगमा मद्दत पुग्नेछ।

पहिलो सम्झौता सन् २००२ मा भएको थियो जुन सैन्य सूचनाको सुरक्षालाई लिएर थियो। यस पश्चात दुई सम्झौता २०१६ र २०१८ मा भयो जुन लजिस्टिक र सुरक्षित संचारसँग सम्बन्धित थियो। 

आज भएको सम्झौता भारत र अमेरिकाविच भू स्थानिक सहयोग हो। यसमा क्षेत्रीय सुरक्षामा सहयोग गर्ने, रक्षा सूचना आदानप्रदान गर्ने, सैन्य कुराकानी र रक्षा ब्यापार सम्झौता सामेल छ। 

यो सम्झौताको अर्थ भारतले अमेरिकाबाट ‘सटिक जियोस्पेसियल’, ‘जियोस्पेटिकल’ अर्थात् वास्तविक भूस्थानको जानकारी प्राप्त गर्न सक्नेछ । यसको प्रयोगबाट सैन्य कारबाही र हजारौँ किलोमिटर टाढाबाट निर्धारित स्थानमा निशाना लगाउन सकिनेछ। 

यसको साथै भारतलाई अमेरिकाबाट प्रिडेटर बि जस्तो मानवरहित लडाकु ड्रोन पनि उपलब्ध हुनेछ। यसबाट भारतले दुश्मनको ठेगाना पत्ता लगाएर त्यहाँ आक्रमण गर्न सक्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved