फ्रान्समा दोस्रोपटक राष्ट्रिय लकडाउन घोषणा, प्रतिबन्धमा थप कडाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2020 | 10:53:33 AM मा प्रकाशित

laxmi  sunrise bank

फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रानले फ्रान्समा दोस्रो राष्ट्रिय लकडाउन घोषणा गरेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि फ्रान्समा गरिएको यो दोस्रो राष्ट्रिय लकडाउन नोभेम्बर महिना पुरै रहने छ। 

मैक्रानले राष्ट्रको नाममा गरेको सम्बोधनमा शुक्रबारदेखि सुरु हुन् लागेको लकडाउनमा लगाइएको नयाँ प्रतिबन्धको बारेमा जानकारी दिए। यस लकडाउनमा मानिसहरु अति आवश्यक काम तथा स्वास्थ्य स्थितिलाई लिएर मात्र घर बाहिर जान पाउनेछन।  रेष्टुरेन्ट र बार जस्ता अति आवश्यक नभएका व्यवसाय बन्द रहनेछन भने स्कुल र उद्योगहरु संचालन हुनेछन। 

फ्रान्समा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या अप्रिलपछि सबै भन्दा उच्च तहमा पुगेको छ। मंगलबारमात्रै ३३ हजारमा कोरोना संक्रमण देखिएको थियो। मैक्रानले कोभिड १९ को खतरा उच्च तहमा पुगिसकेको बताउंदै यसको प्रभाव पहिले भन्दा धेरै हानिकारक हुने समेत बताएका छन्। 

फ्रान्सले दोश्रो पटक कोरोनाको लकडाउन गर्नुपूर्व जर्मन चान्सलर एंगेला मर्केलले जर्मनीमा पनि महिना दिन लामो राष्ट्रिय लकडाउनको घोषणा गरेकी छन्। उनले कोभिड बिरामीलाई लिएर स्वास्थ्य क्षेत्रले नियन्त्रण गुमाईसकेको भन्दै दोश्रो राष्ट्रिय लकडाउन घोषणा गरेकी हुन्। 

कयौं युरोपियन मुलुकमा कोरोना संक्रमण तिब्र गतिमा बढिरहेको छ। फ्रान्समा ४ करोड ६० लाख मानिसहरु सहित कयौं देशका नागरिक रात्रि कर्फ्युको सामना गरिरहेका छन्। फ्रान्समाथि त्यहाँ भौतिक दुरी कायम गराउन असफल भएको आरोप लाग्दै आएको छ। 

फ्रान्सको अवस्था

मैक्रानले फ्रान्समा थप मानवीय क्षति हुनबाट बचाउन राष्ट्रिय लकडाउन र भौतिक दुरी जस्तो कठिन निर्णय लिनुपरेको बताए। फ्रान्सका अस्पतालका सबै आइसियु बेड कोभिडका बिरामीले भरिएको उनले सम्बोधनमा  बताए। 

राष्ट्रपति मैक्रानले मानिसहरुलाई आफ्नो घर छाड्नु पुर्व एक फर्म भर्नुपर्ने बताएका छन्। मार्चमा गरिएको पहिलो लकडाउनमा नै यो गरिनुपर्ने तर नगरिएको बताउदै उनले समाजमा मानिसहरुबीच भेटघाट पूर्णरुपमा बन्द रहने बताए। 

मानिसहरुलाई आफ्नो काममा जानको लागि, अस्पताल जानका लागि, आफन्तलाई अप्ठ्यारो परेको बेला, अति आवश्यक बस्तु खरिदका लागि तथा ताजा हावा खानको लागि मात्र घरबाट बाहिर निस्किन पाउने उनले सम्बोधनमा बताए। 

मैक्रान सम्बोधनअनुसार नागरिकहरुलाई व्यायामको लागि एक घण्टा दिईनेछ भने  घरबाट काम गर्न असम्भव भएमा मात्र कामको लागि यात्राको अनुमती हुनेछ। 

केयर होम्सको लागि पनि अनुमती दिइएको छ।  यो प्रतिबन्ध डिसेम्बरसम्म लागू रहने छ भने प्रत्येक दुई सातामा यसको मुल्यांकन हुनेछ । अहिलेको कडा लकडाउनका कारण सबै परिवार एक आपसमा मिलेर क्रिसमस मनाउने पाउनेमा मैक्रानले विश्वास व्यक्त गरेका छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved