साउदी अरबको नोटमा आफ्नो नयाँ नक्सा राख्न भारतको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2020 | 05:20:55 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले साउदी अरबको नयाँ नोटमा रहेको अन्तर्राष्ट्रिय सीमा सहितको नक्सा सुधार गर्न माग गरेको छ । गत साता मात्रै साउदीले जारी गरेको नोटमाथि बयान जारी गर्दै भारतको विदेश मन्त्रालयले नोटमा राखिएको अन्तर्राष्ट्रिय सीमा सहितको नक्सा सुधार गर्न माग गरेको हो।

साउदीको २० रियालको नोटमा विश्वको नक्सा छापिएको र सो नक्सामा जम्मु–कश्मिर र लद्दाखलाई भारतको भूभागका रूपमा नदेखाइएपछि भारतले सुधार गर्न माग गरेको हो । साउदीले २० रियालको नोटमा जी–२० को अध्यक्षता मूलुक भएका नाताले विश्वको नक्सा राखेको हो । 

‘हामीले नोट हेरेका छौं र यसले भारतको बाहिरी क्षेत्रीय सीमालाई गलत तरिकाले प्रस्तुत गर्छ’ भारतको  विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘हामीले हाम्रो चिन्ताका बारेमा साउदी अरबलाई भनिसकेका छौं। हामीले नयाँ दिल्लीमा रहेका उनीहरूका राजदूतसँगै रियादमा पनि खबर पठाईसकेका छौं ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved