क्यानडाले १२ लाख आप्रवासी भित्र्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2020 | 11:36:07 AM मा प्रकाशित

laxmi  sunrise bank

क्यानडाले तीन बर्षमा करिब १२ लाख आप्रवासी भित्र्याउने योजना सार्वजनिक गरेको छ।  क्यानडाको अर्थव्यवस्थालाई अगाडी बढाउँन तथा कामदारको माग पूर्ति गर्नलाई तीन बर्षमा १२ लाख आप्रवासी भित्र्याउने योजना रहेको क्यानडाका संघीय आप्रवासन मन्त्री मार्को मेडिसिनोले शुक्रबारको एक कार्यक्रममा घोषणा गरेका छन्।

श्रमबजारमा कामदारको माग पूर्ति गर्न तथा कोभिड १९ को महामारीको चपेटामा परेको अर्थतन्त्रलाई अगाडी बढाउँनलाई क्यानडाले यस्तो रणनीति अपनाएको मन्त्री मेडीसिनोको भनाई छ।

यस योजनाअनुसार सन् २०२१ मा ४ लाख १ हजार, २०२२ मा ४ लाख ११ हजार र २०२३ मा ४ लाख २१ हजार आप्रवासीलाई स्वागत गरिने मन्त्री मेडिसिनोले ओटावामा आयोजित कार्यक्रममा संचारमाध्यमहरुसँगको कुराकानीमा बताए। क्यानडाको श्रम बजारमा थप श्रमिक तथा कामदार चाहिएको उनले बताए।

 यस योजनाअनुसार  सन् २०२१ मा २ लाख ३२ हजार नयाँ  आप्रवासीलाई स्वागत गर्ने र क्यानडामा पहिल्यैदेखि बसिरहेका १ लाख ३ हजार ५०० परिवार, ५९ हजार ५०० शरणार्थी र अन्य ५५०० सहित संरक्षित व्यक्तिहरुलाई स्वागत गरिने छ ।  क्यानडा सरकारको यो लक्ष्य पुरा भएमा  सन् १९९९ मा क्यानाडामा आप्रवासको संख्याको रेकर्ड तोड्ने अपेक्षा गरिएको छ। 

क्यानडाको आप्रवासी नीतिलाई विश्वभर नै एक नमुनाको रुपमा लिईदै आएको छ। यहाँ ऐतिहासिक रुपमा कुशल श्रमिकको साथसाथै शरणार्थी र अन्य व्यक्तिहरुलाई सहजै स्वागत गरिएको छ।  

क्यानडामा कोभिड १९ लाई लिएर  यो मार्चदेखि सबै आप्रवासीको लागि सिमानाका बन्द गरिएको छ।  अगस्टमा मात्रै क्यानडामा १ लाख २८ हजार ४२५ जना नयाँ आप्रवासीलाई स्वागत गरिएको थियो।  सन् २०२० मा ३ लाख ४१ हजार आप्रवासीलाई स्वागत गर्ने लक्ष्य गरिएकोमा यत्तिको संख्यामा मात्र आप्रवासी भित्रिएका हुन्। 

क्यानडाको माइग्रेन्ट वर्कर्स फर एलाइन्स चेन्ज नामक संस्थाले क्यानडामा कानुनी रुपमा  भित्रिएका सबैलाई समान पहिचान दिने क्यानडाको प्राथमिकता रहेको बताउदै सबैलाई परिचय दिने र नागरिकको हैसियतमा सेवा सुविधा दिने जनाएको छ। क्यानडामा हालसम्म २ लाख ३२ हजार कोरोना भाइरसको संक्रमित भएका छन् भने १० हजारको मृत्यु भएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved