को हुन् बाईडेन, जो तेस्रो प्रयासमा अमेरिकाको राष्ट्रपति निर्वाचित भए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2020 | 10:51:28 PM मा प्रकाशित

laxmi  sunrise bank

जो बाईडेन अमेरिकाको ४६ औ राष्ट्रपतिमा निर्वाचित भएका छन् । हालका राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रंपसँग चुनाव लडेका बाइडेनलाई धेरैले चिनेका छैनन्   । तर उनी अमेरिकीको लागि नौलो नाम भने होइन । बाराक ओबामा राष्ट्रपति हुँदा बाईडेन उनका उपराष्ट्रपति थिए । अर्थात उनी सन् २००९ देखि सन् २०१७ सम्म अमेरिकाको उप राष्ट्रपति थिए  

उप राष्ट्रपति बन्नु अगाडी उनी ३६ वर्षसम्म अमेरिकाको डेलवर राज्यलाई प्रतिनिधित्व गर्दै अमेरिकाको संसदमा सेनेटर थिए । त्यस अवधिमा उनी महत्वपूर्ण समितिको अध्यक्ष समेत थिए । सन् १९४२ मा जन्मेका उनी हाल ७७ वर्ष भएका छन् । उनले पदभार सम्हाल्दासम्म उनको उमेर ७८ वर्ष हुने छ । त्यस संगै उनी अमेरिका इतिहास कै सबैभन्दा पाका उमेरका राष्ट्रपति बन्ने छन्  

उनले इतिहासराजनीतिशास्त्रकानुन लगायतका विषयमा डिग्री गरेका छन् । सन् १९७२ मा उनको पत्नी र छोरीको कार दुर्घटनामा मृत्यु भएको थियो  । सन् २०१५ मा उनको छोराको ब्रेन क्यान्सरको कारण मृत्यु भएको थियो । बाईडेन स्वास्थ्यसेवा हरेक नागरिकको लागि सर्वसुलभ हुनु पर्छ भन्ने मान्यता राख्छन् । परिवारका सदस्यलाई अल्पायु मै गुमाउनु परेको पीडाले पनि उनले स्वास्थ्यसेवालाई जोड दिदै आएका छन्  

पत्नीको मृत्युपछि उनले दोस्रो विवाह गरेका थिए । 

बाइडेनले यस अघिको निर्वाचनमा पनि राष्ट्रपति चुनाव लड्ने तयारी गरेका थिए । तर उनी उम्मेदवार बन्न गरिएको मतदान मै हिलारी क्लिन्टनसँग पराजित भएका थिए । ट्रंपसँग चुनाव लडेकी क्लिन्टनले पपुलर भोट बढी ल्याएपनि राष्ट्रपती बन्न भने सकिनन् । अर्थात् उनले ट्रंपसँग पराजय भोगिन्  

बाइडेनले आज भन्दा ३२ वर्ष अगाडी पनि अमेरिकी राष्ट्रपति बन्नको लागि उम्मेदवारी घोषणा गर्दै तयारी गरेका थिए । तर उनी माथि ब्रिटिश नेता नेईल किन्नोकको भाषण चोरेको आरोप लाग्यो । तर विभिन्न विवाद भएपछि उनले राष्ट्रपति बन्ने सोच त्यागेका थिए । यदि उनी त्यस बेला राष्ट्रपति बनेको भए अमेरिकी इतिहास कै दोस्रो कान्छो राष्ट्रपति हुने थिए । त्यस वर्ष जर्ज डब्ल्यु बुश राष्ट्रपति बनेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved