बाईडेन र कमलाले जिते अमेरिकी निर्वाचन, यस्तो छ अबको प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2020 | 11:18:32 PM मा प्रकाशित

laxmi  sunrise bank

डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाईडेले अमेरिकी राष्ट्रपति निर्वाचनमा राष्ट्रपति बन्नको लागि आवश्यक पर्ने न्युनतम इलेक्टोरल कलेजको भोट प्राप्त गरेका छन् । राष्ट्रपति बन्नको लागि कम्तिमा २७० इलेक्टोरल कलेजको भोट आवश्यक पर्नेमा बाइडेनले यो समाचार पार्दासम्म २९० इलेक्टोरल कलेजको भोट जितेका छन् । 

यस संगै उनी अमेरिकाको ४६ औ राष्ट्रपति बन्ने निश्चित भएको छ   तर उनले अहिले नै राष्ट्रपति पद सम्हाल्ने भने होईन   अब आगामी डिसेम्बर १४ मा इलेक्टरहरुले अमेरिकी राष्ट्रपतिमा बाइडेनलाई औपचारिक रुपमा निर्वाचित गर्नेछन् ।

प्रतिबद्ध इलेक्टरहरुले डिसेम्बर १४ मा राष्ट्रपति र उपराष्ट्रपतिलाई मतदान गर्ने प्रावधान रहेको छ । सन् २०२१ जनवरी ६ मा संसदले इलेक्टोरल मतहरु एकीकृत गरेर अमेरिकी राष्ट्रपतिको घोषणा गर्नेछ । २०२१ को जनवरी २० मा अमेरिकी राष्ट्रपतिले सपथ ग्रहण गर्नेछन् । राष्ट्रपति संगै उपराष्ट्रपतिले पनि यहि प्रक्रिया अपनाउनु पर्ने हुन्छ । भारतीय मुलकी कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति बन्ने छिन् । उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति समेत बन्ने छिन् 

तर यस निर्वाचनमा पराजित भएका हालका राष्ट्रपति डोनाल्ड ट्रंपले बाईडेनले धादली गरेको र निर्वाचन आफुले नै जितेका दाबी गर्दै आएका छन् । उनले मतपरिणामलाई अदालतमा चुनौती दिने बताएका छन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved