अमेरिकी शेयर बजार हालसम्म कै उच्च विन्दुमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 09:47:45 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार अमेरिकी शेयर बजारको सूचक हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । मंगलबार डाउ जोन्स इन्डेक्स १.५४ प्रतिशतले बढेर सूचक ३० हजार ४२ दशमलव २ को बिन्दुमा पुगेको हो । सूचक ३० हजार भन्दा माथिको बिन्दुमा बन्द भएको यो नै पहिलो भएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् ।

त्यस्तै अमेरिकी स्टकमा सुचिकृत ठुला ५ सय कम्पनीको सूचक मापन गर्ने एस एण्ड पी ५०० सूचक पनि हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । एस एण्ड पी ५०० सूचक १.६२ प्रतिशतले बढेर ३६३५.४ को बिन्दुमा पुगेको हो ।

अमेरिकी बजारको सूचक बढेसंगै जापानको निक्की सूचक पनि झन्डै २ प्रतिशतले बढेको छ भने हंगकंगको हांग सेंग सूचक १.४ प्रतिशतले बढेको छ । साउथ कोरिया, अष्ट्रेलिया, न्युजिल्यान्ड र सिंगापुरको शेयर बजारको सूचक पनि बढेको छ ।

कोरोनाको खोपको सकारात्मक समाचार सार्वजनिक हुनु र हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले राष्ट्रपतिमा निर्वाचित भएका जो बाईडेनलाई सत्ता हस्तान्तरण गर्न सहजीकरण गर्ने समाचारको कारण लगानीकर्ता उत्साहित हुँदा बजारले नयाँ रेकर्ड कायम गरेको बताईएको छ ।

मंगलबार कच्चा तेलको मूल्य पनि बढेको छ । युएस क्रुडको मूल्य ४.२५ प्रतिशतले बढेर प्रति ब्यारेल ४४.८९ डलर पुगेको छ भने ब्रेन्ट ओइलको मूल्य ४ प्रतिशतले बढेर प्रति ब्यारेल ४७.८९ डलर पुगेको छ । सुनको मूल्य भने १.६ प्रतिशतले घटेर प्रति ओन्स १८ सय ६ डलर पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved