ट्रम्पका तर्फबाट दायर निवेदन अदालतद्वारा खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 02:19:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज गरिदिएको छ । 

निर्वाचन नतिजा उल्ट्याउने मनसाय राख्दै दायर निवेदनमा पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले निवेदन खारेज गरेको हो । उक्त निवेदन खारेज भएसँगै राष्ट्रपति ट्रम्पको निर्वाचनमा धाँधली भयो भन्ने तर्कमा अर्को धक्का लागेको छ । 

रिपब्लीकन पार्टीका तर्फबाट दिइएको निवेदनमा हुलाकबाट गरिएको मतदानलाई खारेज गर्न माग गरिएको थियो । पेन्सिल्भेनिया राज्यमा राष्ट्रपति–निर्वाचित जो बाइडेनले ८१ हजार मतको अग्रता सहित चुनाव जित्नु भएको थियो । तर अदालतका न्यायाधीशहरुले सर्वसम्मतिले राष्ट्रपति ट्रम्प र रिपब्लीकन पार्टीले दिएका निवेदन खारेज गरेका थिए । पेन्सिल्भेनिया राज्यमा करिब ६९ लाख मतदाताले मतदान गरेका थिए । निवेदनमा पेन्सिल्भेनिया राज्यको सन् २०१९ को कानुनले हुलाकबाट भएको मतदानलाई गैरसंवैधानिक मानेको उल्लेख गरिएको छ । 

पेन्सिल्भेनिया राज्यले गत नोभेम्बर २४ मै औपचारिक रुपमा बाइडेन विजयी हुनु भएको जनाउँदै मतपरिणामलाई प्रमाणित गरिसकेको छ ।  राष्ट्रपति ट्रम्पले गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा व्यापक धाँधली भएको जनाउँदै चुनावी परिणामलाई स्वीकार्न मानिरहनु भएको छैन । उनले चुनावमा धाँधली भएकै हो भन्दै दिनहुँ ट्वीट गर्नुका साथै पेन्सिल्भेनियामा बाइडेन विजयी भएको मान्न सकिने अवस्था नरहेको जनाउँदै अनौठा ट्वीट गरेका थिए । 

तर गत बिहीबार पहिलो पटक राष्ट्रपति ट्रम्पले आगामी डिसेम्बर १४ मा इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले बाइडेनलाई निर्वाचित गराए आफू ह्वाइट हाउस छाड्न तयार हुने बताए । 

आगामी जनवरी २० मा राष्ट्रपतिको शपथ लिनु हुने बाइडेनले ३०६ र राष्ट्रपति ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्दछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved