भारतमा ११ महिनामा ४ खर्बको आईपिओ निष्काशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2020 | 02:12:11 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा यस वर्ष विभिन्न कम्पनीहरुले आईपिओ निष्काशनबाट २५ हजार करोड भारतीय रुपैयाँ संकलन गरेका छन् । इकोनोमिक टाइम्सका अनुसार सन् २०२० को नोभेम्बरसम्ममा १२ कम्पनीहरुले आईपिओ मार्फत २५ हजार करोड अर्थात २ खर्ब २५ अर्ब रकम जुटाएका हुन् । यो ४ खर्ब नेपाली रुपैयाँ बराबरको हो 

डिसेम्बर २ बाट बर्गर किंगले ८१० करोडको आईपिओ निष्काशन गर्ने तयारी गरेकोले यो संख्या अझै बढ्ने बताईएको छ । अघिल्लो वर्षको तुलनामा भारतमा यस वर्ष आईपिओ निष्काशनको रकम बढेको हो । इकोनोमिक टाइम्सका अनुसार सन् २०१९ मा १६ कम्पनीले आईपिओ मार्फत १२ हजार ३ सय ६२ करोड रकम संकलन गरेका थिए । सन् २०१८ मा भने २४ कम्पनीले ३० हजार ९ सय ५९ करोड रकम आईपिओबाट उठाएका थिए । यस वर्ष टेलीकम्युनिकेशन, औषधि, आईटी र वित्तीय क्षेत्रका कम्पनीले आईपिओ निष्काशन गरेका छन् 

यस वर्ष एसबिआई कार्ड्स एण्ड पेमेन्ट सर्भिसेसले सबै भन्दा धेरै १० हजार ३ सय ५५ करोडको आइपिओ निष्काशन गरेको थियो भने ग्लान्ड फर्माले ६ हजार ४ सय ८० करोडको आईपिओ निष्काशन गरेको थियो । यस वर्ष आएका अधिकांश आईपिओ प्रिमियम मूल्यमा आएको बताईएको छ । शेयर बजारमा सुचिकृत भएपछि आईपिओ निष्काशन गरेक  कतिपय कम्पनीको शेयरमूल्य २०० प्रतिशतसम्म बढेको  इकोनोमिक टाइम्सले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved