कतारी दुतावासलाई विवादमा तानिएको समाचारले दुखि बनायो: राजदुत अल हेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 11:20:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्थित कतारका राजदुत युसुफ बिन मोहम्मद अल हेलले कतार प्रहरीको मागको बिषयलाई लिएर आफुलाई विवादमा तानिएकाले असन्तुष्टि जनाएका छन्।  कतार प्रहरीको मागको बिषयलाई लिएर उत्पन्न विवादमा कतारी दुतावासको संलग्नता अस्विकार गर्दै राजदुत हेलले अड्कलबाजी लगाएर समाचार लेखिंदा आफ्नो आत्मसम्मानमा ठोस पुगेको बताए। 

कतार प्रहरीको माग हत्याउनलाई बिभिन्न व्यक्तिहरुले कतारी दुतावाससँगको सम्बन्धलाई प्रयोग गरेको र त्यसमा केहि व्यक्तिलाई आफूसँग जोडिएको बिषयले आफु मर्माहत भएको राजदुत हेलले बताएका छन्। 

उनि भन्छन, 'नेपाल स्थित कतारी दुतावासले आफ्नो क्षमताले भ्याएसम्म नेपालका सबै व्यक्ति, सँस्था तथा निकायसँग मित्रवत व्यवहार गर्नुपर्छ र गर्छ, यसक्रममा बिभिन्न बेला बिभिन्न व्यक्ति तथा सँस्थाका प्रतिनिधिसँग भेटवार्ता तथा छलफल हुनु स्वाभाविक हो तर दुतावाससँगको सम्बन्धलाई कसैले गलत प्रयोग गर्छ भने त्यसमा सम्बन्धितलाई नै प्रश्न गरिनुपर्छ। '

नेपालसँगको सम्बन्ध थप बलियो र मजबुत होस् र नेपालको अर्थतन्त्रमा संधै योगदान दिन पाईयोस भन्ने आफ्नो स्पष्ट उदेश्य भएकाले कतारको प्रहरीको माग पनि नेपालीबाट नै पूर्ति गर्नलाई आफुले पहल गरेपनि यसलाई अन्यथा ब्याख्या गरिएकाले आफु मर्माहित भएको राजदुत हेलले सुनाए। 

कतार प्रहरीको मागको लागी अन्य देशहरुले कतारका मन्त्रालयसँग प्रस्ताव गरेपनि आफ्नो पहलमा त्यो माग नेपालको लागि ल्याएको राजदुत हेलले बताएका छन्। कतार प्रहरीमा आम्दानी तथा सेवा सुविधा राम्रो रहेको र त्यसको हकदार नेपाली भएको आफ्नो बुझाई रहेकाले आफुले यो प्रयास गरेको उनको भनाई छ। 

नेपाल सरकारको अनुमती बीना नै कतार प्रहरीको लागि अन्तर्वार्ता लिईएको बिषयसँग दुतावासलाई जोडेर गलत संदेश दिनु न्यायोचित नभएको समेत उनले बताए। दुतावासले कुनै पनि म्यानपावरलाई कतार प्रहरीको लागि छनौट नगरेको र कसैलाई पनि अनुमती नदिएको बताउदै राजदुत हेलले यदी कसैले अन्तर्वार्ता लिन्छ भने उ स्वयम् जवाफदेहि हुनुपर्ने उनले बताए। 

त्यस्तै म्यानपावरमा कतारी दुतावासको गाडी भेटिएको बिषयलाई समेत गलत व्याख्या गरिएको राजदुत हेलले बताए। कतार प्रहरीको मागको लागि काम गर्ने म्यानपावरको क्षमता र अवस्था अवलोकन गर्नलाई कतारका डेलिगेट्स म्यानपावर भ्रमण गरेको स्पष्ट पार्दै राजदुत हेलले भने, 'नेपालमा आउने कतारका डेलिगेट्सलाई गाडी लगायतका सुविधा उपलब्ध गराउनुपर्ने जिम्मेवारी दुतावासको हुन्छ र यो सबै दुतावासको लागि लागू हुन्छ, त्यसैले यसमा दुतावासको संलग्नता देखियो भन्नु गलत हुन्छ। '

त्यस्तै कतार प्रहरीको मागको लागि दुतावासमाथि सिन्डिकेट लाद्न खोजेको आरोपमा पनि सत्यता नभएको राजदुत हेलले बताए। योग्य म्यानपावरलाई मात्र कतार प्रहरीको मागको अनुमती दिईने स्पष्ट पार्दै राजदुत हेलले आफुले नामनै किटान गरेर म्यानपावर नतोकेको बताए।  नेपालमा रहेका म्यानपावर मध्ये दुतावासको नजरमा जसले काम गर्न सक्छन उनीहरुलाई नै कतार प्रहरीको मागको लागि काम गर्ने अनुमती दीईने उनले बताए। 

आफ्नो चार बर्षे कार्यकाल कतार र नेपालबीच सम्बन्ध बिस्तार तथा नेपालको अर्थतन्त्रलाई बलियो बनाउन तर्फनै प्रयोग भएको बताउदै राजदुत हेलले म्यानपावरसँग जोडेर दुतावासलाई विवादमा ल्याउने कामले आफुलाई धेरै दुखेको बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved