यी हुन् बिश्वकपमा देखिने १० सर्बाधिक महँगा खेलाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 12, 2018 | 11:19:12 AM मा प्रकाशित

laxmi  sunrise bank

फिफा बिश्वकपको २१ औ संस्करण सुरु हुन् अब २ दिन मात्र बाँकि छ। रुसमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बिबार आयोजक रसिया र साउदी अरेबिया भिड्ने छन् । बिश्वभरका स्टार खेलाडीलाई बिश्वकपमा देख्न सकिने छ  । यहाँ हामीले यस बिश्वकपमा देखिने सर्बाधिक महंगा १० खेलाडी बारे चर्चा गरेका छौ  । 

सर्बाधिक महँगा खेलाडीको सुचीमा ब्राजिलियन स्टार नेमार शिर्ष स्थानमा छन्  । यस्तो छ सुची  ।

१. नेमार (ब्राजिल) : ३६६ मिलियन डलर 

नेमार गत सिजन बार्सिलोनाबाट पीएसजी गएका हुन् । पीएसजीले नेमारलाई खरिद गर्दा ३६६ मिलियन खर्च गरेको थियो । अहिले रियल म्याड्रिडले त्यो भन्दा बढी रकम खर्च गरेर नेमारलाई भित्राउन लागेको चर्चा चलेको छ ।   

 २. किलियन एमबापे (फ्रान्स): २१३ मिलियन डलर 

किलियन यस सुचीमा रहेका कान्छा खेलाडी हुन् । हालसम्म उनको एक पटक मात्र ट्रान्सफर भएको छ ।   मोनाकोबाट पीएसजी पुगेका उनलाई पीएसजीले २१३ मिलियन डलर खर्च गरेको हो ।    

३. एन्जेल डी मारिया (अर्जेन्टिना): २११ मिलियन डलर 

सुचीको तेस्रो स्थानमा रहेका डी मारिया पनि पीएसजीका खेलाडी हुन्।  डी मारिया बेन्फिका, रियल म्याड्रिड, म्यानचेस्टर युनाईटेड , रियल म्याड्रिड हुदै हाल पीएसजी पुगेका हुन्।  

४. गोन्जालो हिग्वेन (अर्जेन्टिना) १६७ मिलियन डलर 

उनी रियल म्याड्रिडबाट ४६ मिलियन डलरमा नेपोलि गएका थिए भने नेपालीबाट १०६ मिलियन डलरमा युभेन्टस पुगेका छन् ।   

५. जेम्स रोड्रीग्वेज (कोलम्बिया) : १६५ मिलियन डलर 

६. रोमेलु लुकाकु (बेल्जियम) : १६३ मिलियन डलर 

७. फिलिप कुटिनो (ब्राजिल) : १६१ मिलियन डलर )

८. उसमाने डेम्बेले (फ्रान्स) : १५४ मिलियन डलर 

९. लूइस स्वारेज (उरुग्वे): १३७ मिलियन डलर 

१०. रोनाल्डो (पोर्चुगल): १३३ मिलियन डलर 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved