किङ्स लाउञ्जमा विश्वकप लाईभ, फाईभ ब्रदर्शले यसरि तताउदै छन फुटबलप्रेमीलाई (भिडियो)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 02, 2018 | 04:00:04 PM मा प्रकाशित

laxmi  sunrise bank

‘किंङस लाउञ्ज’ ले संचालनमा आएको छोटो अवधिमै ग्राहकहरुको मन जित्न सफल भएको छ। पारिवारिक माहोलमा खाना र मनोरन्जन एक साथ दिने उदेश्यले बिभिन्न व्यवसायमा संलग्न पाँच साथिभाईहरु मिलेर संचालनमा ल्याएको ‘किंङस लाउञ्ज’ धेरैको रोजाईमा परेको छ।

फुड, ड्रिङ्स, म्युजिक भन्ने तीन नारा दिएर पर्यटकीय नगरको रुपमा परिचित काठमाडौंको दरबारमार्ग स्थित नारायणहिटि संग्राहलयको छेवैमा रहेको ‘किंङस लाउञ्ज' ले जारि विश्वकपमा धेरैको ध्यान खिचेको छ। 

विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेला भएर विश्वकप फुटबलमा रमाउन चाहनेहरुलाई बिशेष ध्यान दिएर ‘किंङस लाउञ्ज' ले २० बाई ११ फिटको एचडि स्क्रिनमा बाक्लो संख्याका दर्शकका बिचमा बसेर विश्वकपका खेल हेर्ने व्यवस्था मिलाएको छ। रंगशालामा नै बसेको अनुभुति दिने गरि ठुलो स्क्रिनमा खेल हेर्ने अवसर जुटाउनुको साथसाथै ‘किंङस लाउञ्ज’ ले फुड, ड्रिङ्स, म्युजिकको आनन्द पनि दिइरहेको छ। 

विश्वकप २०१८ को पुर्वसन्ध्यामा संचालनमा आएको ‘किंङस लाउञ्ज’ अहिले विश्वकप फुटबलको पर्यायवाची नै बनेको छ। सुरक्षित र पारिवारिक माहोलकै कारण साथीभाई तथा परिवारको साथमा बसेर विश्वकप हेर्न चाहनेहरुको रोजाईमा ‘किंङस लाउञ्ज’ परेको छ। 

त्यसमा पनि विश्वकप फुटबलको पुर्वसन्ध्यामा संचालनमा आएको ‘किंङस लाउञ्ज’ ले चलचित्र तथा खेलकुद क्षेत्रका चर्चित अनुहारहरु भुवन केसी, अनमोल केसी देखि दिपक बिष्ट, हरी खड्का, राजेश पायल राई, रुबी राणा लगायतलाई एकै स्थानमा जमघट गराएर किंग्स लाउञ्जले भव्य रुपमा विश्वकप फुटबलको उद्घाटन खेल देखाएको थियो।

दरबारमार्गमा रहेको किंग्स लाउञ्जले विश्वकप फुटबलको उद्घाटन शत्रको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सबैभन्दा धेरै अवार्ड पाएका दिपक बिष्ट, नेपाली फुटबलमा धेरै गोल गरेका हरी खड्का आकर्षणमा रहेका थिए । त्यैगरी नेपाली फुटबल टीमका कप्तान बिराज महर्जन, उपकप्तान भरत खवास, किरण चेम्जोगं, बिमल घर्तीमगर, बिकेश कुथु पनि विश्वकप हेर्न किंग्स लाउञ्ज पुगेका थिए । अखिलनेपाल फुटबल संघका कार्यवाहक अध्यक्ष कृष्ण ब. थापा पनि खेलाडीसँगै पुगेका थिए । 

अभिनेता भुवन केसी, अनमोल केसी, गायक राजेश पायल राई, बद्री पंगेनी, पहिलो मिस नेपाल रुबी राणा लगायतका चर्चित अनुहार सहभागि थिए । लाउञ्जले संगीतमा अधिक रुची भएका खेल प्रेमीहरुको लागी २० वाई ११ फिटको एचडी स्क्रिीनमा विश्वकप फुटबलका खेलहरु देखाईरहेको छ । लाउञ्जले कलाकार, खेलाडी तथा संगीतकर्मीलाई सम्मान पनि गरेको छ । यसैले पनि फुटबल पारखीहरुको रोजाईमा ‘किंङस लाउञ्ज’ परेको छ।    

‘किंङस लाउञ्ज’ नै किन ?

दरवारमार्गमा भएका अन्य रेस्टुरेन्ट भन्दा केहि फरक गरेर व्यवसाय गर्ने फाइभ ब्रदर्शको संकल्पको पहिलो खुड्किलोका रुपमा उच्च सुरक्षा, पारिवारिक वातावरण र ग्राहकलाई दिइने सेवा नै प्रमुख ध्येयका रुपमा अगाडि सारिएका छन् ।

ग्राहकको अवस्थालाई ख्याल राख्दै किङ्स लाउञ्जले केहि नयाँ गरेको छ । त्यो हो, ग्राहकलाई नसा चढेर उ आफ्नो घर सम्म ड्राइभ गरेर जान सक्दैन या उ आफै घरसम्म जान नसक्ने अवस्था आएमा उनीहरुको टिमले नै घरसम्म सुरक्षित पुर्याउने गर्दछ। यतिमात्रै होइन उनीहरु कसैले जन्मदिन, पार्टी लगायतका अन्य कुनै काम किङ्स लाउञ्जमा गर्न चाहन्छ भने घरमा पुगेर लिने देखि घरसम्म छोड्नेसम्म गरेका छन् ।

लाउञ्जले विश्वकप महाकुम्भ मेलाका अवरसमा देखाइरहेको फुटबल लाईभमा खानेकुराहरुको विभिन्न मेन्युमा ५ देखि १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

फेमिलि कर्नर पनि लाउञ्जमा लोकप्रिय बन्दै गएको छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहेको छ। रेष्टुरेन्टमा क्रिस्पी चिकेन, प्रान्को फ्राईड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोक लगायतका फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved