यसरी गर्नुहोस् मक ट्रेडिङ (भिडियोसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 30, 2018 | 10:41:02 AM मा प्रकाशित

laxmi  sunrise bank

 मक ट्रेडिङ सुरु गरेको १२ दिनपछि नेप्सेले यस सम्बन्धि भिडियो सार्बजनिक गरेको छ  ।  नेप्सेले भिडियोमा मक ट्रेडिङको लागि आवश्यक सबै जानकारी समेटेको छ  ।  

मक ट्रेडिङको लागि लगईन आइडी पासवर्ड सम्बन्धि जानकारी, शेयर खरिद गर्दा अपनाउनु पर्ने तरिका , शेयर बिक्रि गर्दा अपनाउनु पर्ने  तरिका लगायतका बिषय भिडियोमा समेटिएका छन्  । भिडियोमा मार्केट डेप्थमा अर्डर हेर्ने तरिका, अर्डर परिवर्तन वा रद्द गर्ने तरिका लगायतका बिषय पनि समेटिएको छ ।  

 मक ट्रेडिङको लागि हरेक लगानीकर्ताले आफुले कारोबार गर्न ब्रोकरमा गएर आफ्नो केवाईसी अपडेट गराई युजर र पासवर्डको लागि एउटा फर्म भर्नु पर्छ । त्यसपछि ब्रोकरले आईडी र पासवर्ड दिने गरेको छ ।  तर बेला बेलामा मक ट्रेडिङको सिस्टममा समस्या आएर लगानीकर्ताले आईडी पासवर्ड नै पाउन सकेका छैनन् ।  

आईडी र पासवर्ड लिएकाहरुले पनि ब्रोकरको कारणले गर्दा अर्डर गर्न सकिरहेका छैनन् ।  ब्रोकरहरुले एउटा सामान्य काम नगरिदिंदा लगानीकर्ताहरुले मक ट्रेडिङमा आफ्नो अर्डर राख्न नपाएका हुन् । मक ट्रेडिङमा अर्डर राख्नको लागि हरेक ब्रोकरले अनिवार्य रुपमा डिएनए लगईन गरी नेप्सेको म्यचिंग इन्जिनसंग कनेक्ट गराउनू पर्छ । यो नभई सिस्टममा अर्डर राख्न मिल्दैन । यस बारे नेप्सेले ब्रोकरलाई मक ट्रेडिङको अन्तरक्रियाको दौरान पनि पटक पटक जानकारी गराएको थियो । साथै मक ट्रेडिङको म्यानुअलको सुरु मै पनि नेप्सेले यस बारे जानकारी गराएको छ ।

तर ब्रोकरहरुले यो एउटा सामान्य काम गर्न अल्छी गर्दा लगानीकर्ताहरुले अर्डर राख्न नपाएका हुन् । ब्रोकरले सिस्टम कनेक्ट नगरेको भए अर्डर राख्दा “ME_NOT_LOGGED_IN” समस्या देखिने बताएको छ  ।  यस्तो देखिएमा ब्रोकरलाई डिएनए लग ईन गर्नको लागि अनुरोध गर्न नेप्सेले सबै लगानीकर्तालाई आग्रह गरेको छ । र आफैले पनि हरेक दिन डिएनए लग ईन गर्न नेप्सेले आग्रह गरेको छ ।

हेर्नुस मक ट्रेडिङ गर्ने तरिका ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved