'बजेट कार्यान्वयन भए कृषि, रोजगारी र उत्पादनमा नेपालले ठुलो फड्को मार्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 11:02:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमै उत्पादन गरि विदेशमा बस्तु निर्यात गर्ने उद्यमीमा अव्वल देखिएको गोल्यान समुहका अध्यक्ष तथा एनएमबि बैंकका अध्यक्ष पवन गोल्यानले ओली नेतृत्त्वको सरकारले तेश्रो बजेट अहिलेसम्मकै उत्कृष्ट भएको प्रतिकृया दिएका छन्। 

'बजेटमा समावेश भएका बिषय हेर्दा कृषि, उत्पादन, उत्पादनमुलक साना तथा मझौला उद्योग र बैंकिङ क्षेत्रका लागि नेपालकै इतिहासमा अहिलेसम्मकै उत्कृष्ट लागेको छ' गोल्यान भन्छन' 'तर बजेट कार्यन्वयन महत्त्वपूर्ण पाटो हो, कार्यन्वयन भएको अवस्थामा नेपालले ठुलो फड्को मार्छ। '

बजेटले धेरै क्षेत्रलाई समेट्नुपर्ने भएपनि अहिलेको समय अनुसार कृषि, उत्पादन र श्रम बजारलाई सम्बोधन हुने गरि आएको गोल्यानको बुझाई छ। 

कृषि भण्डारण, कृषि प्रसोधन, भुमि बैंक, प्रत्येक स्थानीय तहमा कृषि बिज्ञको व्यवस्था, किसानलाई क्रेडिट कार्ड, जैविक मललाई प्राथमिकता अहिलेका बजेटमा समावेश गरिएकाले यी सबै बिषय कार्यन्वयन भएका नेपालको कृषि क्षेत्रले फड्को मार्ने उनको भनाई छ। 

नेपालमै उत्पादन हुने आयातित बस्तुमा बढी भन्सार लगाउने बिषय समेत बजेटमा समेटिएकाले यसले स्वदेशी उत्पादनलाई बढावा दिने भएकाले समग्रमा कृषि क्षेत्रका लागि बजेट उत्कृष्ट भएको गोल्यानले बताएका छन्। 

नेपालका मौलिक उत्पादनको प्रचार प्रसारका लागि तथा बजारीकरणको लागि छुट्टै एक्जिविसन केन्द्र खडा गर्ने, नेपालकै उत्पादनलाई बजारसंग जोड्ने बिषयमा समेत बजेट बोलेकाले धेरै अर्थले बजेट राम्रो रहेको गोल्यानको भनाई छ। 

उनि भन्छन, बजेटमा भएको व्यवस्था उत्कृष्ट छ तर कार्यन्वयनले यसको वास्तविकता देखाउँछ त्यसैले कार्यन्वयन हुने गरि काम अगाडी बढ्यो भने हामीले हाम्रै पालामा स्वावलम्बी नेपाल देख्न पाउँछौ। 

त्यस्तै कोरोनाका कारण नेपालभित्र मात्र नभई विदेशमा समेत दशौँ लाख नेपाली बेरोजगार हुन् सक्ने अवस्थालाई मध्यनजर गरेर उनीहरुलाई रोजगार प्रदान गर्ने गरि बजेट आएको गोल्यानको भनाई छ। उनि भन्छन, सिपमुलक तालिम दिने, साना पुंजीमा उत्पादनमुलक उद्योग चलाउन चाहनेलाई सहुलियतमा कर्जा दिने, लघु उद्योगलाई करमा छुट दिने लगायतका बिषय बजेटमा समेटिनु धेरै राम्रो हो, यसले नेपालमा रोजगारी सिर्जना गर्नुको साथै नेपाललाई आत्मनिर्भरको बाटोमा लैजान्छ। 

त्यस्तै बैंकिङ क्षेत्रको लागि पनि बजेटले राम्रै कुरा ल्याएको गोल्यानको भनाई छ। विदेशबाट लगानी ल्याउन सहजीकरण र सहज व्यवस्था गरिदिने, अनलाइन तथा डिजिटल मार्फत हुने कारोबारलाई प्राथमिकता दिने लगायतका बिषय बजेटमा समेटिनु सकारात्मक भएको उनको भनाई छ। 

सरकारले लकडाउनले प्रभावित उत्पादनमुलक उद्योगका कर्मचारीलाई तलब दिन ५० अर्बको कोष खडा गरेर राम्रो संदेश दिएको उनको भनाई छ। त्यस्तै सरकारले बाणिज्य बैंकले आफ्ना प्रत्येक शाखा मार्फत १० जनालाई र विकास बैंकले ५ जनालाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्थाले हिजो सिमित व्यक्ति तथा घरानाको पहुँचमा रहेको पुनर्कर्जा कोषमा आम सर्वसाधारण नेपाली उद्यमी तथा व्यवसायीको पनि पहुँच पुग्ने उनको बिश्वास छ। 

अहिलेको बजेटले थोरै पुँजीबाट देशमै केहि गर्छु भन्नेलाई साथ दिएको उनको दाबि छ। त्यसमा पनि देशमै उत्पादनमुलक काम गर्छु भन्नेलाई बजेटले प्रोत्साहन गरेको छ। गोल्यान भन्छन। 

प्रत्येक बर्ष ७ खर्ब रेमिट्यान्स नेपाल भित्रिएपनि साढे ३ खर्ब मात्रै भारतले लैजाने तथ्यांकले देखाएको भन्दै साना पुंजीबाट स्वदेशमै काम गर्ने बातावरण बन्यो भने स्वरोजगारसँगै रेमिट्यान्सको पैसा नेपालमै रहने उनले बताए। 

बजेट भाषण हुनुभन्दा १८ दिन अगाडी उद्यमी गोल्यानले नेपालमै रोजगारी र उत्पादन बढाउन सरकारले के गर्नुपर्छ भन्नेबारे दिएको अन्तर्वार्ता यस्तो छ, उनले भनेका करिब ९५ प्रतिशत कुरा बजेटमा समेटिएका छन्,   

हेर्नुहोस अन्तर्वार्ता : 
'नेपाली उत्पादन बचाउन सीमामा सेना खटाउनु पर्छ', उद्यमी पवन गोल्यानको अन्तर्वार्ता


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved