किन बढाईयो डिजेल र पेट्रोलको कर ? यसो भन्छन् मन्त्री खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2020 | 04:23:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम भएकोले कर बढाएको बताएका छन्। बिहिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले नेपाल र भारतबीचको मूल्यलाई एकरुपता कायम गर्ने प्रयास स्वरुप नेपालमा कर बढाईएको बताए  

बुधबारको बजेट मार्फत मन्त्री खतिवडाले पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्दै आएको भन्सार शुल्कमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेका हुन्।  यो वृद्धिपछि आज देखि नै नेपाल भित्रिने पेट्रोलमा २५.२० रुपैयाँ, डिजेल र मट्टीतेलमा समान १२–१२ रुपैयाँ प्रतिलिटर भन्सार शुल्क लाग्न थालेको छ । यसअघि पेट्रोलमा १५.२० रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २–२ रुपैयाँ प्रतिलिटर भन्सार शुल्क लाग्ने गरेको थियो ।

मन्त्री खतिवडाले नेपालमा मूल्य सस्तो हुँदा नेपालबाट भारततर्फ चोरी निकासी बढेको, नेपाल मै आएर गाडीमा तेल भरेर भारत जाने गरेकोले मूल्यमा समानता ल्याउन कर बढाईएको बताए । अझै पनि भारतमा भन्दा नेपाल मै मूल्य कम भएको उनले बताए 

कर बढेपनि त्यसको बोझ उपभोक्तामा नथपिने र तत्काल मूल्य नबढ्ने उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved