'कालोधन' लाई सेतो बनाउन बजेटले प्याकेज ल्याउनु पर्थ्यो: अर्थविद भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2020 | 11:52:45 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थविद अनलराज भट्टराईले बजेटले निम्न वर्गका मानिसहरुको समस्यालाई सम्बोधन गर्न नसकेको बताएका छन् । उनले उद्योगी ब्यबसायी लगायतलाई राहत प्याकेज मार्फत केहि सम्बोधन गरेपछि बिहान बेलुकाको छाक टार्न धौ धौ हुनेलाई बजेटले सम्बोधन गर्न नसकेको बताएका हुन् ।  

बजेट बारे प्रतिक्रिया दिदै भट्टराईले सिमित स्रोत र साधन हुँदा पनि उद्योगी र व्यवसायीलाई राहत दिनु सकारात्मक रहेको भन्दै निम्न वर्गको लागि पनि केहि आउनु पर्ने बताएका हुन् । कर तिर्नेलाई कर छुट दिइएको विषय सकारात्मक रहेको भन्दै उनले कर तिर्न पुग्ने आम्दानी नै नभएकालाई जहिले पनि समस्या हुने बताए । उनले त्यस्ता वर्गले दैनिक उपभोग्य सामान मात्र खरिद गर्ने भएकोले ति सामानमा केहि सहुलियत प्रदान गरिएको भए उनीहरुले पनि राहत पाउने बताए । उनले भने 'निम्न बर्गले प्रयोग गर्ने चामल लगायतका सामानमा लगाईएको कर हटाएको भए ति सामान सस्तो हुन्थ्यो, र निम्न बर्गका ब्यतिहरुले पनि केहि राहत महशुस गर्थे' । 

उनले अहिले सरकारलाई कोरोना माहामारी बिरुद्द लड्न ठुलो रकम आवश्यक परेकोले 'इनफर्मल इकोनोमी' मा भईरहेको कारोबारलाई फर्मलमा ल्याउनको लागि बजेटले केहि प्याकेज ल्याएको भए राम्रो हुने बताए ।  उनले भने 'सरकारलाई पैसा चाहिएको छ, आम्दानीको स्रोतको रुपमा रहेको करहरु घटाउने अवस्था थिएन, साथमा राहत प्याकेज पनि दिनु पर्ने छ, सरकार अप्ठेरोमा भएको यस्तो बेलामा इन्फर्मल इकोनोमीलाई फर्मल बनाउन केहि प्याकेज ल्याएको भए सरकारलाई सहज हुन्थ्यो' । 

उनले संकटको बेलामा आएको बजेट सर्वप्रथम जीवनयापन कसरी सहज बनाउने विषयमा केन्द्रित हुनु पर्ने बताए । राहतको लागि पुनर्कर्जा कोष बढाईएको, विभिन्न करछुट प्रदान गरिएको, राहत प्याकेज घोषणा गरिएको भए पनि त्यो पर्याप्त नभएको बताए । आयातमुखी अर्थतन्त्रको लागि ति राहत प्याकेज कम भएकोले स्रोत नै कम भएको सरकारले धेरै गर्न पनि नसक्ने बताए ।  

बजेटको आकार, राजश्व संकलनको लक्ष्य घटाईएको भएपनि आन्तरिक ऋण धेरै लिंदा तरलतामा संकुचन आउँन सक्ने बताए ।  त्यस्तै उनले बैदेशिक ऋण अपेक्षा गरिए अनुरुप नआउने र रेमिटेन्स पनि घट्दो भएकोले विदेशी मुद्रामा कमी आई ब्यालेन्स अफ पेमेन्ट कठिन परिस्थितिमा पुग्न सक्ने बताए ।  आयातमुखी अर्थतन्त्रलाई समान आयात गर्न बिदेशी मुद्रा नै आवश्यक पर्ने भएकोले विदेशी मुद्राको संचिति घट्दा आयात प्रभावित हुन् सक्ने बताए । 

बजेटले केहि दिन खोजेपनि स्रोत कम भएको र सरकार आफै अप्ठेरोमा रहेकोले अपेक्षा अनुरुपका योजना नआएको उनले बताए ।  बजेटले सम्बोधन गर्न नसकेका विषय अब मौद्रिक नीतिले समेट्नु पर्ने उनी बताउछन् ।  उनले भने ' अब अन्य उपकरण पनि प्रयोग गर्नु पर्छ, सम्भवतः मौद्रिक नीतिले थप केहि ल्याऊला' ।  

अन्य देशका सरकारसँग पर्याप्त रकम भए जीडीपीको ठुलो अंशको प्याकेज ल्याएको भए पनि नेपालको सन्दर्भमा कम स्रोत भएको त्यो सम्भव नहुने उनले बताए । 

उनले बजेटले परिस्थिति केहि सहज  गर्न खोजेपनि सबै क्षेत्र चलायमान नहुँदा सप्लाई चेन टुट्ने र समग्र अर्थतन्त्र मै असर पर्ने भएकोले एकल प्रयासले मात्र  अर्थतन्त्रको पुनर्जीवन सम्भव नहुने बताए । एक तिरको अवस्था सहज पार्न खोज्दा अर्को तिर असहज अवस्था सिर्जना हुने भन्दै उनले अहिले जे छ त्यसमा सकारात्मक हुनु पर्ने बताए । 

उनले भने 'अहिले असहज अवस्थामा बजेट आएको छ, पछि अवस्था सहज भएपछि बजेटलाई संशोधन गर्न सकिन्छ, धेरै आत्तिनु पर्ने अवस्था छैन' । चालु आर्थिक वर्षको बजेट समेत ३ पटक संशोधन भएको स्मरण गराउदै उनी भन्छन् ' संविधान त् संशोधन हुन्छ, बजेटलाई आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ, पुरक बजेट ल्याउन सकिन्छ' । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved