बहुमतले बजेट पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2020 | 03:15:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्ष २०७७।७८ को लागि सरकारले पेश गरेको बजेट बहुमतले पारित भएको छ । प्रतिनिधिसभामा बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको विनियोजन विधयेक बहुमतले परित भएको हो । 

मन्त्री खतिवडाले प्रतिनिधि सभामा 'बिनियोजन विधयेक पारित गरियोस् ' भन्ने प्रस्ताव पेश गरेको थिए। कांग्रेस, राजपा र समाजवादीले बजेटको विपक्षमा मतदान गरेपछि बहुमतले बजेट पारित भएको हो  ।

प्रतिनिधिसभाले पारित गरेको विनियोजन विधेयकलाई राष्ट्रियसभाले १५ दिनभित्र स्वीकृत गरेर पठाउनुपर्ने प्रावधान छ। जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष लागि १४ खर्ब ७४ करोड ६४ करोड ५४ लाखको बजेट पेश भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved