आगामी बजेटको लागि करसँग सम्बन्धित विषयमा सरकारले माग्यो सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 09:15:26 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी बजेटको लागि करसँग सम्बन्धित विषयमा सुझाव माग गरेको छ ।अर्थ मन्त्रालय अन्तर्गतको नेपाल राजश्व परामर्श समितिले आर्थिक वर्ष ७८/७९ को बजेट तर्जुमाको सन्दर्भमा सुझाव माग गरेको हो 

समितिले राजश्व नीति , भन्सार महशुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, गैर कर तथा राजश्व चुहावट नियन्त्रणका साथै समग्र राजश्व प्रशासनको सुधारको सम्बन्धमा सुझावहरु माग गरेको हो । समितिले सुझावहरु २०७७ चैत्रसम्म पठाईसक्न आग्रह गरेको छ । 

समितिले सरकारी निकाय, संघसंस्था, बुद्धिजीवी तथा सम्पूर्ण सरोकारवालाहरुसँग सुझाव माग गरेको हो । समितिले आफ्ना सुझाव समितिको इमेलमा पठाउन आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved