आगामी बजेटको लागि निफ्राले पेश गर्यो सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 08:18:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आगामी आर्थिक वर्षको  नीति कार्यक्रम र  बजेटको लागि पूर्वाधार विकाससंग सम्बन्धित सुझावहरु पेश गरेको छ । बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले अर्थमन्त्री, राजस्व सचिव, मन्त्रालयका सह-सचिवहरु समक्ष प्रस्तुतीकरणसहितको सुझाव पेश गरेका हुन् । 

भौतिक पूर्वाधारको निर्माण तथा संचालन मार्फत मुलुकको सामाजिक आवश्यकताहरू पूरा गर्न, आम जनमानसहरुको दैनिकी सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन पूर्वाधार विकासमा लगानीको पर्याप्त वृद्धि  हुनु पर्ने पृष्टभूमिमा सार्वजनिक पूर्वाधारका परियोजनाहरुमा व्यवसायिक संमिश्रण (Commercial Blending) आवश्यक रहेको मुख्य बिषय सहित प्रस्तुतीकरण गरिएको बैंकले जनाएको छ |

प्रस्तुतीकरणको क्रममा बैंकले पूर्वाधार विकासमा नोडल संस्था (Nodal Agency) को रुपमा रही कार्य गर्न सक्ने प्रतिवद्धता जाहेर गरेको छ बैंकले लिएको कार्यदिशा एवम्  हालसम्म प्राप्त गरेका उपलब्धिहरुको संक्षिप्त विवरण पनि पेश गरिएको बैंकले जनाएको छ

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक वित्तीय पहुँच पुर्याउने मुख्य उद्देश्य लिई सार्वजनिक नीजि साझेदारीको अवधारणामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक स्थापना भएको हो

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved