आठ महिना कति खर्च भयो बजेट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2021 | 06:36:46 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल राष्ट्र बैंकले ०७७ फागुन मसान्तसम्मको चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्च विवरण सार्वजनिक गरेको छ ।  बैंकका अनुसार आर्थिक वर्ष २०७७÷७८ को आठ महिनामा चालु खर्च रु.४५५ अर्ब ८२ करोड, पुँजीगत खर्च रु.७९ अर्ब ७० करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु.३५ अर्ब ५१ करोड गरी कुल रु.५७१ अर्ब २ करोड खर्च गरेको छ । 

यो आर्थिक वर्षमा चालूतर्फ  नौ खर्ब १४ अर्ब ७८ करोड , पूँजीगततर्फ  दुई खर्ब ८३ अर्ब चार करोड र वित्तीय व्यवस्थातर्फ एक खर्ब ४६ अर्ब ८६ करोड खर्च गर्ने सरकारी लक्ष्य छ ।

समीक्षा अवधिमा सरकारको कर राजश्व रु.५२७ अर्ब ६७ करोड र गैर कर राजश्व रु.४३ अर्ब ५३ करोड प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत गरी कुल राजश्व रु.५७१ अर्ब २० करोड परिचालन गरेको छ  ।

संघीय सरकारले रु.२० अर्ब ५० करोडको ट्रेजरी विल, रु.९० अर्बको विकास ऋणपत्र, रु.२ अर्बको नागरिक वचतपत्र र रु.१ करोड ५३ लाखको वैदेशिक रोजगार वचतपत्र गरी कुल रु.११२ अर्ब ५२ करोड आन्तरिक ऋण परिचालन गरेको हो ।

आर्थिक वर्ष २०७७÷७८ को आठ महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति रु.९१ अर्ब ६२ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी रु.६३ अर्ब २६ करोड हस्तान्तरण गरेको हो । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट रु.२८ अर्ब ३६ करोड परिचालन गरेका छन् भने यस अवधिमा प्रदेश सरकारहरुको खर्च रु ६२ अर्ब १२ करोड रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved