प्रधानमन्त्रीले भने 'अध्यादेशबाट बजेट आउँछ, औपचारिक कार्यक्रममा वाचन हुन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2021 | 03:55:45 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट आउने बताएका छन् । आइतबार पत्रकारहरुसंग अन्तरक्रिया गर्दै उनले संसद नभएकोले अध्यादेश बाट नै बजेट आउने बताएका हुन् । एउटा औपचारिक कार्यक्रम गरेर बजेट वाचन गरिने उनले बताए । 

आफुले घाेषणा गरेका कार्यक्रम कार्यान्वयन हुने गरी बजेट आउने र कोभिडविरुद्धको लडाइँमा बजेट केन्द्रित हुने उनको भनाई थियो ।  

  जेठ १५ गते नै बजेट ल्याउनु पर्ने संवैधानिक ब्यबस्थाले गर्दा अध्यादेशबाट नै बजेट ल्याउनु पर्ने बाध्यता आई  परेको हो । त्यस्तै नीति तथा कार्यक्रम पनि अध्यादेशबाट नै आउने छ । 

  यस अघि आर्थिक वर्ष ७०/७१ को बजेट पनि अध्यादेशबाट ल्याईएको थियो । त्यससमय संविधान बनाउन नसकी संविधानसभा बिघटन भएको थियो । तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनाव गराउन चुनावी मन्त्रिपरिषद् गठन भएको थियो । पूर्व सचिव शंकर कोइराला अर्थमन्त्री थिए । राम वरण यादव राष्ट्रपति थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति यादवले बजेट अध्यादेशलाई स्वीकृति दिएका थिए ।  

२०६९. २०६७, २०६२, २०६१, २०६०, २०५९, २०५२ मा पनि अध्यादेशबाट बजेट आएको थियो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved