नीति तथा कार्यक्रम नआउने, प्रधानमन्त्री कार्यालयमा बजेट भाषण हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2021 | 09:41:08 AM मा प्रकाशित

laxmi  sunrise bank

अध्यादेशमार्फत बजेट ल्याउन लागेको सरकारले नीति तथा कार्यक्रम भने नल्याउने भएको छ । बजेट अगाडी नीति तथा कार्यक्रम ल्याउने प्रावधान रहेको भएपनि निर्वाचनको मिति घोषणा गरेर कामचलाउन बनेको केपी ओली नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट अगाडी ल्याउनुपर्ने नीति तथा कार्यक्रम नल्याउने भएको हो ।

संविधानमा नीति तथा कार्यक्रम ल्याउनैपर्ने बाध्यात्मक व्यवस्था नभएपनि प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद ७ मा भने ‘राष्ट्रपतिबाट सम्बोधन तथा नीति तथा कार्यक्रम’ ल्याउने भन्ने व्यवस्था छ । तर, अहिले प्रतिनिधिसभा विघटनको अवस्थामा रहेकाले यो बाध्यात्मक नभएको भन्दै सरकारले नीति तथा कार्यक्रम नल्याउने भएको हो ।

प्रधानमन्त्री कार्यालयमा बजेट भाषण

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सम्पादकहरु सँगको संवादमा अध्यादेशमार्फत बजेट आउने र औपचारिक कार्यक्रममा वाचन हुने बताएका थिए । सोही अनुसार अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बजेट भाषण गर्ने भएका छन् । 

जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान रहेकाले अर्थमन्त्री पौडेलले उक्त दिन बजेट भाषण गर्ने भएका हुन् । । दुवै संसदको संयुक्त वैठकमा बजेट भाषण गर्नुपर्ने भएपनि यसपाली प्रतिनिधिसभा नरहेकाले प्रधानमन्त्री कार्यालयबाट बजेट भाषण गर्न लागिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved