आज २ बजे आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेल, के के हुन्छन् समावेश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2021 | 09:39:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आज शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको छ । आज  २ बजे अर्थ मन्त्रालयमा अर्थ मन्त्री विष्णुपौडेलले भर्चुअल माध्यमबाट आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागेका हुन् । स्वास्थ्य संवेदशनशीलतालाई विशेष ध्यानमा राखी लाइभ गर्ने पत्रकार र फोटो पत्रकारलाई आवश्यकता अनुसार कार्यक्रममा प्रत्यक्ष सहभागी गराउने र अन्यलाई भर्चुअल माध्यमबाट जोडिने मन्त्रालयले जनाएको छ ।  

के हो आर्थिक सर्वेक्षण ?

बजेट सार्वजनिक गर्नु भन्दा एक दिन अगाडी आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिएको छ  ।  आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि , समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक तथा परिसूचकहरुको अवस्था र विश्लेषण समावेश हुन्छ । 

आर्थिक सर्वेक्षणमा विशेषत: समग्रत आर्थिक स्थिति, प्रादेशिक आर्थिक तथा सामाजिक स्थिति, सार्वजनिक वित्त, मूल्य विश्लेषण, वित्तीय क्षेत्र, बाह्य क्षेत्र, गरिवी निवारण र रोजगारी, कृषि वन तथा भूमिसुधार लगायतका शिर्षक रहन्छन् । त्यस्तै उद्योग वाणिज्य आपूर्ति पर्यटन,  आवास तथा सहरी विकास, वातावरण र उर्जा, भौतिक पूर्वाधार यातयात र संचार, सामाजिक क्षेत्र, पुननिर्माण, सुशासन, प्रशासन, लगायतका शीर्षक पनि रहन्छन् । त्यस्तै कोरोना महामारी आएपछि अघिल्लो आर्थिक वर्ष कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहतको शीर्षक पनि समावेश थियो । यस पटक पनि सो शीर्षक समावेश हुने छ । 

त्यस्तै आर्थिक सर्वेक्षणमा यी शीर्षकसँग समबन्धित परिसूचक र अनुसूची पनि समावेश हुन्छन् । यससँग समबन्धी दर्जनौ चार्ट तथा ग्राफ सर्वेक्षणमा समावेश हुन्छ ।  

सामान्यतया अर्थमन्त्रीले आर्थिक सर्वेक्षणको कार्यकारी सारांश मात्र वाचन गरेर सुनाउने र मुख्य पुस्तक भने मन्त्रालयको वेबसाइटमा अपलोड गरी सार्वजनिक गर्ने गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved