सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत नवीकरण फेल भएका वण्डेड वेयर हाउसको नविकरण गर्ने भएको छ । करोडौँ रुपैयाँ तिरेर नेपालमा उत्पादन हुने सामानको कच्चा पदार्थ ल्याउने वण्डेड वेयर हाउसहरुको नविकरण नहुँदा अर्थतन्त्रमा ठूलो असर परिरहेको भन्दै आगामी आर्थिक वर्षको बजेटमार्फत नविकरण हुन नसकेका वण्डेड वेयर हाउसको सहुलियतमा नविकरणको व्यवस्था गर्न लागिएको हो ।
‘वण्डेड वेयर हाउसको नवीकरण हुन नसक्नु अपराध होइन’ बजेट निर्माणमा सहभागी एक जना प्रतिनिधिले भने, ‘विभिन्न कारणले धेरै वण्डेड वेयर हाउसको नविकरण हुन सकेको छैन, यसले गर्दा निर्यातमा ठूलो समस्या देखा परिरहेको छ । अब बजेटमार्फत सहुलियतमै त्यस्ता वण्डेड हाउसको नविकरण हुने व्यवस्था मिलाइन्छ ।’
मुलकको निकासी व्यापारमा लाग्ने लागत र समय घटाइ मुलुकको निकासी व्यापारलाई अन्तराष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउने उदेश्यले विदेशमा निकासी गररने वा स्वदेशमै परिवत्र्य विदेशी मुद्रामा बिक्रि गरिने मालवस्तु उत्पादन गर्न आवश्यक कच्चा पदार्थ तथा सहायक कच्चा पदार्य वा स्वीकृत कर मुक्त पसलबाट बिक्री गररने मालवस्तु बैंक जमानत सुविधामा पैठारी गर्न आवश्यक पर्ने वण्डेड वेयर हाउसको इजाजतपत्र जारी गर्ने प्रक्रियालाई व्यवस्थित, सरलीकृत र पारदर्शि बनाउन भन्सार विभागले वण्डेड वेयर हाउस सम्बन्धि कार्यविधि बनाएको थियो ।