राष्ट्रपतिबाट बजेट सहित ३ वटा अध्यादेश जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 03:36:54 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारि गरेकी छिन् । राष्ट्रपतिले आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८, र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी गरेकी हुन्  

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकएल आगामी आर्थिक वर्ष ७८/७९ को वार्षिक बजेट पारित गर्दै बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोहि अनुसार राष्ट्रपति अध्यादेश जारी गरेकी हुन् ।   

राष्ट्रपतिले अध्यादेश जारी गरेसंगै अब अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  बजेट सार्वजनिक गर्ने छन् ।    संसद नभएकोले सरकारले अध्यादेश मार्फत  बजेट ल्याउने लागिएको हो ।  

कोभिडको दोस्रो लहरको बेला ल्याउन लागिएको बजेटको प्राथमिकतामा स्वास्थ्य र आर्थिक पुनरुत्थानसँग जोडिएका बिभिन्न कार्यक्रम रहेका छन्। स्वास्थ्यसँग जोडिएका क्षेत्रमा नयाँ अस्पताल निर्माणदेखि स्वास्थ्य सामग्री उत्पादन तथा खरिदमा छुट र सहुलियतका व्यवस्था उल्लेख छ। 

त्यस्तै कोभिड १९ को लकडाउनका कारण प्रभावित जनजीवन, साना, मझौला तथा ठुला उद्योग व्यवसायहरुलाई पुरानै अवस्थामा फर्काउन र कोभिडबाट प्रत्यक्ष रुपमा प्रभावित होटल, यातायात तथा सेवा र प्रयटनसँग जोडिएका व्यवसायले समेत बजेटमा प्राथमिकता पाउने भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved