पुनर्कर्जा र सहुलियतपूर्ण कर्जाको दायरा विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 04:44:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पुनर्कर्जा र सहुलियतपूर्ण कर्जाको क्षेत्र विस्तार गरेको छ। आगामी आर्थिक बर्षको बजेट भाषणको क्रममा अर्थमन्त्री बिष्णु पौडेलले कोभिड प्रभावित उद्योगी व्यवसायीलाई राहत दिनको लागि ५ प्रतिशत ब्याजमा उपलब्ध गराउदै आएको पुनर्कर्जा सुविधालाई निरन्तरता दिंदै यसको क्षेत्र विस्तार गरिएको जानकारी दिएका हुन्। 

कुन कुन क्षेत्र पुनर्कर्जा तथा सहुलियत कर्जाको लागि  थप गरिएको छ भन्नेबारे अर्थमन्त्री पौडेलले खुलाएका छैनन्। सम्भवत नेपाल राष्ट्र बैंकले एक सर्कुलर मार्फत यस सम्बन्धमा जानकारी दिनेछ। 

त्यस्तै साना, मझौला तथा लघु व्यवसायीलाई राहत दिनको लागि सहुलियत पूर्ण कर्जा पाउने व्यवसायको क्षेत्र समेत विस्तार गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन्। हाल बिभिन्न १० वटा शिर्षकमा सहुलियतपूर्ण कर्जा दिईदै आएको छ। 

त्यस्तै नेपाल राष्ट्र बैंकका अनुसार पुनर्कर्जाको आकार हाल २ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरको रहेको छ भने यसबाट १ खर्ब ४७ अर्ब रुपैयाँ प्रवाह भईसकेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved