सरकारले स्नातक तह तथा स्नाकोत्तर तहका सटिपिकेट धितो राखेर ५ प्रतिशत ब्याजदरमा २५ लाख सम्म सहुलियत कर्जा वितरण गर्ने भएको छ । आज २०७८–७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो व्यवस्था सरकारले यस बजेटमा समेटेको बताएका हुन् ।
रोजगारीको अवसर सृजना गर्दै स्वदेशमा नै युवाहरुलाई रोजगारीको अवसर प्रदान गर्न यस्तो व्यवस्था गरिएको हो ।