अब बाँझो जमिन निजि क्षेत्रलाई उपभोग गर्न दीईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 04:55:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपालमा रहेका बाँझो जमिनलाई व्यवसायिक कृषिका लागि निजि क्षेत्रलाई उपलब्ध गराउने भएको छ। आगामी आर्थिक बर्षको बजेट भाषण सुनाउने क्रममा अर्थमन्त्री बिष्णु पौडेलले नेपालका बिभिन्न ठाउँमा रहेका बाँझो जमिनलाई निजि क्षेत्रलाई उपयोग गर्न दिईने बताएका हुन्। 

बाँझो जमिनलाई व्यवसायिक कृषि गर्ने उदेश्यले व्यवसायिक तथा निजि क्षेत्रलाई निश्चित मापदण्ड बनाएर प्रयोग गर्न दिईने उनले बताए। यसका लागि  सरकारले बजेट बिनियोजन समेत गरेको उनले जानकारी दिए। 

त्यस्तै विद्यमान कृषि अनुदानको व्यवस्थालाई संसोधन गरि अहिलेको आवश्यकताअनुसार वास्तविक कृषक तथा कृषि व्यवसायीलाई हित हुने गरि नीति निर्माण गरिने समेत उनले बताए। 

कृषि क्षेत्रलाई आधुनिकीकरण तथा व्यवसायिक बनाउनका लागि प्रधानमन्त्री कृषि आयोजनालाई थप प्रभावकारी बनाउने गरि थप ७१ वटा जोन थप गरिएको समेत अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved