हिमाली क्षेत्रका पानी ब्राण्डिङ गरेर निर्यात गर्न प्रोत्साहन, विदेशीले गरे कर छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 05:33:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हिमाली क्षेत्रका पानी ब्राण्डिङ गरि निर्यात गर्नको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले  हिमाली क्षेत्रका पानी ब्राण्डिङ गर्न प्रोत्साहन गरिने बताएका हुन् । उनले विदेशी कम्पनीले उत्पादन गरेर आफ्नो देशमा निर्यात गरे कर छुट दिने बताएका हुन् ।

 'मेक इन नेपाल स्वदेशी अभियान'  

नेपाल सरकारले मेड इन नेपाल मेक इन नेपाल अभियानलाई साथ दिएको छ। उक्त अभियानलाई आफ्नो कार्यक्रमको रुपमा प्रस्तुत गर्दै बिभिन्न स्वदेशी उद्योगलाई बिभिन्न प्रकारका सहुलियत तथा सुविधा उपलब्ध गराइने अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट भाषण सुनाउने क्रममा जानकारी दिएका छन्। 

स्वदेशी बस्तु तथा सेवाको प्रचार प्रसार तथा प्रवर्दनका लागि निजि क्षेत्रका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियान सुरु गरेको थियो। यहि अभियानलाई साथ दिने गरि सरकारले आगामी आर्थिक बर्षको बजेटमा नै मेड इन नेपाल, मेक इन नेपाल अभियान सुरु गरेको हो। 

सरकारले मेड इन नेपाल र मेक इन नेपाल अभियानलाई प्राथमिकता साथ अगाडी बढाउने अर्थमन्त्री पौडेलले जानकारी दिएका छन्। यही क्रममा स्वदेशमा उत्पादन हुँदै आएका सिमेन्ट, छड फलाम लगायतका उत्पादनमा आत्मनिर्भर हुँदै निर्यातको लागि प्रोत्साहन गरिने उनले बताए। 

त्यस्तै स्वदेशमै उत्पादन हुने घरेलु तथा मझौला उद्योग व्यवसायीलाई प्रोत्साहन गर्न भर्चुअल ट्रेड सो कार्यक्रमको आयोजना गरिने समेत अर्थमन्त्री पौडेलले बताए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved