अवकाशप्राप्त खेलाडीलाई व्यवसाय सुचारु गर्न सहुलियतमा कर्जाको व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 06:00:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अवकाशप्राप्त खेलाडीलाई व्यवसाय सुचारु गर्नका लागि सहुलियतमा कर्जा उपलब्ध गराउने भएको छ। अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेटमा उल्लेख व्यवस्था सुनाउने क्रममा यस्तो बताएका हुन्। 

देशको स्वाभिमान उच्च राख्न आफ्नो महत्त्वपूर्ण समय खेलकुदमा योगदान गरेका खेलाडीहरुलाई खेल जीवनबाट अवकाश पश्चात व्यवसाय गर्नका लागि सहुलियतमा कर्जा उपलब्ध गराइने व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बताएका छन्। 

हाल नेपाल सरकारले बिभिन्न १० वटा शिर्षकमा सहुलियतमा कर्जा उपलब्ध गराउदै आएको छ। सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत सहुलियत कर्जाका लागि योग्यहरुको दायरा बिस्तार गरेको छ। 

त्यस्तै नेपालमा पदक ल्याउन सकिने खेलहरुको सम्भाव्यता अध्ययन समेत गरिने भएको छ। यसका लागि समेत बजेटमा निश्चित रकम बिनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved