प्रसारणलाइनमा जग्गा पर्नेलाई आईपिओमा आरक्षण दिईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 06:07:04 PM मा प्रकाशित

प्रसारणलाइन निर्माणमा जग्गा पर्नेलाई आईपिओमा आरक्षण दिईने भएको छ ।   आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रसारण लाइनको राइट अफ वेमा जग्गा पर्ने जग्गा धनीलाई आईपिओमा आरक्षण दिईने घोषणा गरेका हुन् 

देशका विभिन्न स्थानमा जग्गाधनीहरुले प्रसारणलाइन निर्माणमा अवरोध पुर्याएपछि सरकारले आईपिओमा आरक्षण दिने घोषणा गरेको हो   

त्यस्तै आगामी आर्थिक वर्ष १०२९ मेगावाट विद्युत थपिने भएको छ  आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले  आगामी आर्थिक वर्षमा १०२९ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा  थपिने बताएका हुन्  

उनले अपर तामाकोशीको २२८ मेगावाट, रसुवागढी, सान्जेन आयोजना, राहुघाट र निजि क्षेत्रको १५५ गरि कुल १०२९ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा  जोडिने बताएका हुन्   

त्यस्तै उनले निजि क्षेत्रले प्रसारणलाइन बनाएमा ७५ प्रतिशत सोधभर्ना दिईने बताएका छन् ।  त्यस्तै आगामी आर्थिक वर्षमा ६३५ मेगावाटको दुधकोशी आयोजना निर्माण सुरु गरिने बताएका छन् ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved