२७ स्थानमा नयाँ शहर बनाउन ३ अर्ब ३१ करोड बजेट बिनियोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 06:13:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पुष्पलाल र हुलाकी राजमार्ग आसपासका क्षेत्रमा २७ वटा शहर निर्माण गर्ने लक्ष्य लिएको छ। यसका लागि सरकारले आगामी आर्थिक बर्षको बजेटमा ३ अर्ब ३१ करोड बजेट बिनियोजन गरेको अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिएका छन्। 

त्यस्तै सरकारले संघीय संसद तथा अन्य सार्वजनिक भवन निर्माणको लागि ५ अर्ब १५ करोड रकम बिनियोजन गरेको छ। 

त्यस्तै सरकारले तामाकोशी ५ विद्युत आयोजना निर्माण सुरु गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षबाटै तामाकोशी ५ विद्युत आयोजना निर्माण सुरु गर्ने भएको छ ।

त्यस्तै काठमाडौँको तीनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग बन्ने भएको छ । कोटेश्वर क्षेत्रको सवारी चाप न्युनिकरण गर्न तीनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड बजेट विनियोजन भएको हो ।

यस्तै दोलखाको लामावगरदेखि लार्चेसम्म पनि सुरुङमार्ग बन्ने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved