अटो व्यवसायी भन्छन्, ‘ऐतिहासिक बजेट आयो, सुझाव सबै सम्बोधन भए’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 07:07:17 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई अटोमोबाइल्स व्यवसायीले पूर्ण स्वागत गरेका छन् । अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्ण प्रसाद दुलालले नाडाका सबै सुझाव बजेटमार्फत सम्बोधन भएको भन्दै बजेटको मुक्तकण्ठले प्रशंसा गरेका छन् । 

विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तशुल्क पूरै मिनाहा हुँदा एउटा बिजुली गाडी १० लाखसम्म सस्तो हुने उनको भनाई छ । यो सुझाव नाडाले दिएको थियो । 

त्यस्तै ५ सय विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउने, काठमाडौँमा साझा यातायातसँगको सहकार्यमा १ सय वटा विद्युतीय बस चलाउने र सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम पनि खर्चमा देखाउन पाउने, कर बुझाउने वित्तिक्कै स्वतः कर चुक्ताको प्रमाणपत्र पाउने र यसले खाता प्रमाणित गर्नुपर्ने झण्झट नहुने, २० लाख सम्मको आम्दानीमा ९० प्रतिशत आयकर छुट जस्ता विषय एकै पटक सम्बोधन भएकाले यो बजेट ऐतिहासिक भएको नाडाका अध्यक्ष दुलालको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved