सिमेन्ट उद्योगी भन्छन्, ‘विगतको भन्दा राम्रो बजेट आयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 07:21:22 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई सिमेन्ट उत्पादक उद्योगीहरुले राम्रो मानेका छन् । अर्थमन्त्री विष्णु पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट विगत वर्षहरुको भन्दा राम्रो भएको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाको बुझाई छ । 

कंक्रिट सडक बनाउने, सिमेन्टको निर्यात गर्न प्रोत्साहन गर्ने, ट्रान्समिसन लाइन र पहुँच मार्ग आफैँले बनाएको खण्डमा ७५ प्रतिशत लागत सरकारले साधभर्ना गरिदिने जस्ता कार्यक्रमहरु स्वागतयोग्य भएको अध्यक्ष थापाको भनाई छ । कोभिडको महामारीको अवस्था रहेकाले स्वास्थ्य क्षेत्रलाई केन्द्रित गरेर बजेट आएको हुनाले अब सफल कार्यान्वयन होस् भन्ने आफूहरुको चाहाना रहेको उनी बताउँछन् । 

‘विगतका बजेटभन्दा अहिलेको बजेट राम्रो छ, कोभिडको बेलामा आएको बजेट झट्ट सुन्दा वितरणमुखी जस्तो देखिएपनि यो कार्यान्वयन भयो भने कोभिडले निराश भएको निजी क्षेत्रले केही राहतको महशुस गर्न सक्छ’ अध्यक्ष थापाले भने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved