यस्ता छन् सरकारले बजेट मार्फत ल्याएका १४ वटा लोकप्रिय कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 07:32:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक बर्ष २०७८ २०७९ को बजेट मार्फत बिभिन्न प्रकारका लोकप्रिय कार्यक्रमको घोषणा गरेको छ। जसमा स्टार्टअप व्यवसायीलाई १ प्रतिशतमा २५ लाख देखि श्रमजीवि पत्रकारलाई साउन १ देखि देशभरका सरकारी अस्पतालमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था उल्लेख छ। 

कोभिड १९ केन्द्रित बजेटमा कोभिड रोकथाम तथा उपचारसंगै कोरोनाको लकडाउनबाट प्रभावित व्यवसायीहरुलाई राहत दिने बिभिन्न व्यवस्था बजेटमा रहेको अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणको क्रममा बताएका छन्। 

सरकारले बजेट मार्फत ल्याएका केहि लोकप्रिय कार्यक्रम

१। ज्येष्ठ नागरिक भत्ता बृद्धि – मासिक ४ हजार रुपैयाँ

२। आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने

३। शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत

४। लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन

५। तरकारी, दूध र माछा९मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने

६। विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने

७। निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

८। ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गरिने

९। निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

१०। विवादित गरिबी निवारण कोष खारेज

११। स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा

१२। पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार, ७ लाखको दुर्घटना बीमा

१३। नेपाल टेलिकमका प्रयोगकर्तालाई २२ प्रतिशत शेयर

१४। पीपीई मोडलमा रुग्ण उद्योग संचालन 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved