बजेटमा लगानीकर्ता ढकालको प्रतिक्रिया, 'नकारात्मक केहि छैन, बजारको बुलिस यात्रा रोकिदैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 07:51:29 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता तथा शेयर लगानीकर्ता दबाब समुहका अध्यक्ष हरि ढकालले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट अहिलेको आवश्यकता अनुसार नै महामारी नियन्त्रणमा केन्द्रित भएको बताएका छन् । 

बजेटमा पुँजीबजारबारे नकारात्मक केहि पनि नरहेको र यसबाट मौद्रिक नीतिमा पुंजीबजारबारे नकारात्मक नीति नआउने आधार बनेको उनले बताएका छन् । नयाँ केहि पनि नीति नआएको, बजारलाई स्थायित्व दिने विषय समावेश भएको, कर नबढेको , र बीमाको दायरा फराकिलो पारिने उल्लेख गरेकोले बजेट पुंजीबजारको लागि राम्रै रहेको उनको भनाई छ । उनले बजेटले अहिलेको बजारको बुलिस यात्रामा ब्रेक नलाग्ने बताएका छन् । 

त्यस्तै टेलिकमको २२ प्रतिशत शेयार ग्राहकलाई बिक्रि गर्ने विषयले लगानीकर्ताहरु 'एक्साईटेड' हुनु आवश्यक नरहेको उनको भनाई छ । टेलिकममा सरकारको स्वामित्व घटेर सर्वसाधारणको स्वामित्व बढाईन लागेको र यो एफपिओको माध्यमबाट हुने उनले बताए । आफुहरुको आन्दोलनको एउटा माग पुरा भई हाल कम्पनीले एफपिओ जारी गर्दा नेटवर्थको २ गुणासम्मको मात्र मूल्य तोक्न पाउने ब्यबस्था रहेकोले यसबारे लगानीकर्ता  'एक्साईटेड' हुन आवश्यक नरहेको उनको भनाई छ  

असोजसम्म मोडालिटी तय हुने घोषणा भएकोले आफ्नो सम्पति बेचेर उसले नेट वर्थ बढाउँन पनि नसक्ने उनको बुझाई छ  । तर एफपिओ आउंछ भनेर बजारमा चलखेल हुन सक्ने भए पनि यसले कम्पनीको ब्यालेन्स सिट मजबुत हुने बाहेक थप तात्विक फरक नआउने भएकोले लगानीकर्ता सजग हुनु पर्ने उनको सुझाव छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved