‘विष्णु पौडेलले २०७२ सालकै बजेट पढे’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 08:40:34 PM मा प्रकाशित

laxmi  sunrise bank

औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपक दाहालले बजेट सुन्दा राम्रो भएपनि कार्यान्वयन हुन नसक्ने गरी आएको बताएका छन् । बिजपाटीसँग बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै उनले नीजि क्षेत्रले दिएका सुझाव ग्रहण गरेपनि राजश्व लक्ष्य भने नबढ्दा बजेट कार्यान्वयनमा शंका पैदा भएको बताएका छन् । 

‘बजेटमा आउनुपर्ने कार्यक्रम आए, प्राइभेट सेक्टरका सुझाव पनि समावेश भएका छन्’ उनले भने, ‘तर, पोहोर सालको तुलनामा बजेटको आकार २ खर्ब बजेटले बढ्यो, राजश्व लक्ष्य भने गत वर्षको भन्दा अलिकति मात्रै बढाएर १० खर्ब २४ अर्ब पुर्याईएको छ । जबकी हाम्रो बजेटको मुख्य स्रोत नै राजश्व हो ।’

उनले २०७२ सालमा विष्णु पौडेल पहिलो पटक अर्थमन्त्री हुँदा ल्याएको बजेटमा कृषिका सम्बन्धमा जे जे कुरा आएका थिए, सोही कुरा ६ वर्षपछि पनि दोहोरिनु हाँस्यास्पद भएको भन्दै आलोचना पनि गरेका छन् र 

‘२०७२ सालको बजेट भाषणमा पनि तरकारीमा १ वर्षभित्र आत्मनिर्भर बन्ने भन्नुभएको थियो, गहुँमा २ वर्षभित्र आत्मनिर्भर बन्ने भन्नु हुन्थ्यो, आज ६ वर्षपछि बजेट लिएर आउँदा पनि त्यही कुरा दोहोरिएका छन्’ दाहालले भने, ‘युवराज खतिवडाले २०७५/०७६ कै बजेटमा सिमेन्ट, डण्डी र औषधि जस्ता बस्तुहरुमा आत्मनिर्भर बन्ने र निर्यात गर्ने भनेका थिए, आज ३ वर्षपछि आउँदा पनि सोही कुरा ? खोइ आत्मसमिक्षा ?’ 

उनले पेट्रोलियम, फलाम, गाडी, प्लास्टिकका सामान, विद्युतीय सामान लगायतका बस्तुहरुबाट मात्रै कुल राजश्वको ८० प्रतिशत रकम संकलन हुने भएकाले सरकारले राजश्वको लक्ष्य थोरै राख्दा बजेट ‘फेल’ हुने जोखिम रहेको बताएका छन् । 

अर्थशास्त्रीहरु पनि बजेट आईसकेपछि आलोचना गर्ने मात्रै भएकाले नेपालले आर्थिक उन्नति हासिल गर्न नसकेको दाहालको आरोप छ । बजेट आउनु अगाडी नै अर्थशास्त्रीको नाताले सुझाव दिनुको सट्टा बजेट आएपछि आलोचना गर्दा रमाउनेहरुका कारण मूलुकले दुःख पाईरहेको उनको आरोप छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved