बजेटले पुँजीबजारलाई थोरै मात्र सम्वोधन गरेको छ : लगानीकर्ता फुल्लेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 08:43:57 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले आगामी आर्थिक वर्षको बजेट पुँजीबजार मैत्रि भएको बताएका छन् । बजेटले महामारी बाट सिथिल अर्थतन्त्रलाई उकास्ने कार्यक्रम प्राथमिकतामा राखेको र पुँजीबजारलाई थोरै सम्वोधन गरेको भएपनि समग्रमा सकारात्मक रहेको उनले बताएका छन् । 


उनले भनेका छन् 'आगामी आर्थिक वर्षदेखि वस्तु तथा विनिमय बजार सञ्चालनमा ल्याउने कुरा आएको छ । पूँजी बजारको विकास र बिस्तारलाई प्राथमिकतामा राखिने कुरा आएको छ । उर्जा तथा जलश्रोत क्षेत्रको विकासलाई वजेट छुट्याई कार्यान्वयनमा ल्याईने कुरा उल्लेख भएको छ ।नेपाल टेलिकमका सेवाग्राही सर्वसाधारणलाई थप शेयर जारी गरीने कुरा वजेटमा उल्लेख भएको छ । होटल,जलविधुत,विमा क्षेत्रको विकास र विस्तारलाई प्राथमिकतामा राखेर ल्याईएको वजेट पुँजीबजार मैत्री छ भन्न सकिन्छ । सरकारले पूँजीबजारको विकासमा महत्वपूर्ण योगदान गरिरहेका सामूहिक लगानीकोषहरुका लागि आयकरमा विशेष छुटको व्यवस्था गरेको छ ।'

नेपालमा भित्रिने रेमिट्यान्स औपचारिक प्रणाली मार्फत भित्र्याउँदा १% ब्याज थप प्रदान गरिने व्यवस्थाले नेपाल भित्रिने रेमिट्यान्समा सुधार हुने उनको भनाई छ ।

अनुमानित करमा लाग्ने सिमा २० लाखबाट बढाएर ३० लाख पुर्याईएको छ, विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्वान गरिने विषय सकारात्मक रहेको उनको भनाई छ । थप सहुलियत र पुँजीबजारका सुधारका कार्यक्रमहरू मौद्रिक नीति मार्फत समेटिने उनको विश्वास छ ।

बैंकिंङ च्यानलबाट कार्यान्वयन गरिने हुँदा आर्थिक जगत चलायमान हुने उनको भनाई छ । केहि दिनमा मौद्रिक नीति मार्फत आउने कार्यक्रम र बजेटमा सम्बोधन भएका कुराहरूबाट सकारात्मक हुन सकिने उनी बताउछन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved