काभ्रे जिल्लालाई ४ अर्ब ८२ करोड बजेट , कुन पालिकालाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 01:49:50 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्ष काभ्रे जिल्लाले ४ अर्ब ८२ करोड पाउने भएको छ । आगामी आर्थिक वर्ष ७८/७९ को लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काभ्रेको लागि ४ अर्ब ८२ करोड ९७ लाख बजेट बिनियोजन गरेका हुन् । 

जस मध्ये नगरपालिकाहरुलाई कुल जम्मा २ अर्ब ६३ करोड ९६ लाख बिनियोजन भएको छ भने गाउँपालिकाहरुलाई कुल जम्मा २ अर्ब १९ करोड १ लाख रकम बिनियोजन भएको छ । 

नगरपालिकाहरु मध्ये सबैभन्दा बढी बजेट बनेपा नगरपालिकाले ५० करोड ६९ लाख बजेट पाउने भएको छ भने सबैभन्दा कम नमोबुद्द नगरपालिकाले ३९ करोड २८ लाख बजेट पाउने भएको छ  । त्यस्तै धुलिखेल नगरपालिकाले ४७ करोड १२ लाख, पनौती नगरपालिकाले ४५ करोड ७० लाख, पांचखाल नगरपालिकाले ३८ करोड १८ लाख, र मण्डन देउपुर नगरपालिकाले ४२ करोड ९९ लाख बजेट पाउने छ 

गाउँपालिकातर्फ सबैभन्दा बढी बजेट रोशी गाउँपालिकाले ४१ करोड ८७ लाख बजेट पाउने छ भने सबैभन्दा कम खानीखोला गाउँपालिकाले २६ करोड १६ लाख बजेट पाउने छ । चौरीदेउराली गाउँपालिकाले ३४ करोड ९२ लाख, तेमाल गाउँपालिकाले ३१ करोड १२ लाख, बेथानचोक गाउँपालिकाले २६ करोड ७० लाख, भुम्लु गाउपालिकाले २९ करोड ८८ लाख ,र महाभारत गाउँपालिकाले २८ करोड ३६ लाख बजेट पाउने छन् । 

यो रकम समानीकरण अनुदान , विशेष अनुदान र समपुरक अनुदान र शर्शत अनुदान समेतको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा निर्धारित सूत्रको आधारमा यो रकम बाँडफांड भएको हो । केन्द्र सरकारले सोझै संचालन गर्ने आयोजनाको लागि केन्द्र सरकारले छुट्टै बजेट पठाउने छ



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved