बजेट कार्यन्वयनको लागि तत्काल ३ वटा अध्यादेश ल्याउन सरकारलाई पूर्व अर्थसचिवको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2021 | 01:11:47 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वअर्थसचिव डा.शान्तराज सुवेदीले आगामी आर्थिक बर्षको बजेट कार्यन्वयनको लागि सरकारले तीनवटा अध्यादेश ल्याउनुपर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेट कार्यान्वयन र चुनौती विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै डा. सुवेदीले यस्तो बताएका हुन्। 

उनले सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेश, आयोजना कार्यान्वयन सम्बन्धी अध्यादेश र आयोजना निर्माण तथा मुअब्जा व्यवस्थापनलाई सहजिकरण गर्नका लागि अध्यादेश ल्याउन पर्ने बताएका हुन।

अहिले अध्यायदेश ऐन ल्याएर आलोचना भईरहेको बेला भएपनि बजेट कार्यन्वयनको लागि पनि यी अध्यायदेश ल्याउनुपर्ने उनले बताएका छन्।   

उनले भने, 'सरकारले काम गर्नलाई आवश्यक पर्ने कानुन निर्माण गर्ने थलो प्रतिनिधिसभा नभएका बेलामा यो सरकारले बजेट नै अध्यादेशबाट ल्यायो अब यी थप अध्यादेशहरु ल्याएर बजेटले तय गरेका आयोजनाहरुको कार्यान्वयनलाई प्रभावकारी बनाउन सक्छ।'

त्यस्तै पुर्वअर्थसचिव सुवेदीले सरकारले अहिले ल्याएका कतिपय कार्यक्रमको स्वामित्व लिने र अपनत्व लिने सँस्थाको कमि भएकाले बजेटका केहि कार्यक्रम सफल नहुने बताए।  

त्यस्तै राजनीतिक अवस्थामा ठुलै परिवर्तन आएर सरकार परिवर्तन भएको अवस्थामा अहिलेको बजेट पूर्णरुपले प्रभावित हुने समेत उनले बताए। 

बजेट कार्यन्वयन कै बेला सरकारले निर्वाचन घोषणा गरेकाले समेत चुनौती थपिएको उनको भनाई छ। निर्वाचनमा राजनीतिक दलका नेताहरु भोट माग्न जनतामा जानुपर्ने र कर्मचारीहरु निर्वाचन सफल पार्न मैदानमा खटिनुपर्ने भएकाले निर्वाचनको कारण बजेट कार्यान्वयनमा चुनौती थपिएको उनले बताए।


 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved