दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिन सरकारलाई अर्थ समितिको निर्देशन !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 05:39:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । अर्थ समितिले घुमाउरो पारामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो। 

अर्थ समितिले बजेटमा  समावेश गर्न विभिन्न सुझाव दिएको छ । जसमा 'शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाले अर्थतन्त्रमा पार्ने प्रभावलाई विश्लेषण गरी आवश्यक निर्णय लिने' उल्लेख छ ।

२ दिन सार्वजनिक विदा ब्यबहारिक नहुने भन्दै यसको आलोचना सुरु भईसकेको छ । सोहि बमोजिम अर्थ समितिले पनि यसबारे पुनरावलोकन गर्न निर्देशन दिएको हो ।

सरकारले जेठ १ गतेदेखि लागु हुने गरि परिक्षणको रुपमा शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved