आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2022 | 02:54:04 PM मा प्रकाशित

laxmi bank ntc

संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रश्तुत गर्नुभइएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन्।

उनले भने , ‘सम्माननीय राष्ट्रपतिबाट सम्वत २०७९ जेठ १० गते मंगलवारका दिन संघीय संसदको दुवै सदनको बैठकमा प्रश्तुत गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७९÷०८० को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु ।’

राष्ट्रिय सभाको अर्को बैठक जेठ १५ दिउँसो ३ बजे बस्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved