अब आधिकारिक एजेन्ट र कार्यलय मार्फत मात्रै घरजग्गा कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 04:56:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्नलाई एकीकृत घरजग्गा कारोबारको व्यवस्था गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷०८० बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

 उनका अनुसार घर जग्गा कारोबारका लागि अब आधिकारिक एजेन्ट हुनुपर्ने र सरकारबाट अनुमती प्राप्त कम्पनी हुनुपर्ने छ। यसका लागि स्थानीय तह मार्फत एजेन्ट र आधिकारिक कार्यलयको अनुमती दिईने व्यवस्था हुनेछ।  

घर जग्गा कारोबार भद्रगोल भएपछि सरकारले यसको कारोबार व्यवस्थामा कडाई गरेको हो। यो व्यवस्था लागू भएपछि चोक चोक र चिया पसलमा घरजग्गाको कारोबार हुने अवस्था हट्नेछ र यो व्यवसाय थप व्यवस्थित र मर्यादित हुने अपेक्षा गरिएको छ। 

मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved