‘वृद्धभत्ता एमालेको ब्राण्ड हो, ५८ वर्षमै झारेपनि केही फरक पर्दैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2022 | 01:32:05 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेले सुरु गरेको ब्राण्ड भएकाले जुनसुकै सरकारले जति वर्षमा झारेपनि फरक नपर्ने बताएका छन् । 

सरकारले ६८ वर्षमै वृद्धभत्ता दिने निर्णय बजेटमार्फत नै गरेपछि नेता पाण्डेले यसवापत एमालेले नै स्याबासी पाउने बताए । 

‘वृद्धभत्ता जतिसुकै कुरा गरेपनि यो एमालेको ब्राण्ड जस्तो हुन्छ, तपाई ६८ मा झार्नुस्, ५८ मा झार्नुस् केही फरक पर्दैन’ उनले भने, ‘वृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास् गर्छन् । ताली ठोक्छन् । तर तपाईले आफैँले पनि ५ हजार पुर्‍याउँछु भनेर हिजो घोषणापत्रमा बोलेको होइन र ? पाँच पुर्‍याएको भए त अझ राम्रो हुन्थ्यो नि । किन गर्नुभएन ? त्यसमा बरु गुनासो छ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved