तपाईको प्रदेश र पालिकालाई अर्थमन्त्री शर्माले कति दिए बजेट ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2022 | 10:50:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगमी आर्थिक वर्ष राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा रु. १ खर्ब ६३ अर्ब ३ करोड रकम हस्तान्तरण गर्ने भएको छ। गत जेठ १५ मा आर्थिक वर्ष ७९/८० बजेट पेश गर्दै अर्थमन्त्री जर्नार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु. ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई रु. १ खर्ब २३ करोड वित्तीय हस्तान्तरण हुने छ। सशर्त अनुदान तर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः रु. ५७ अर्ब १७ करोड र रु. १ खर्ब ८३ अर्ब ७२ करोड गरी जम्मा रु. २ खर्ब ४० अर्ब ८९ करोड विनियोजन गरिएको छ।

प्रदेश तथा स्थानीय तहलाई पूर्वाधारसम्बन्धी आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान स्वरूप क्रमशः रु. ६ अर्ब ३० करोड र रु. ७ अर्ब २७ करोड विनियोजन गरेको छु। विशेष अनुदान तर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः रु. ४ अर्ब ५६ करोड र रु. ९ अर्ब १४ करोड विनियोजन गरेको मन्त्री शर्माले बताएका छन्।

हेर्नुस् कुन प्रदेश र स्थानीय तहलाई कति बजेट ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved